• Breaking News

    Saturday, May 20, 2017

    हेर्दा लाग्थ्यो गर्भमा हुर्किरहेका छन् थुप्रै बच्चा, ११ महिनापछि निस्कियो यो

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...


    – मेक्सीकोमा बस्ने एक महिलाको फुलेको पेट देख्दा हरेकलाई यस्तो लाग्थ्यो कि उनको गर्भमा १० जना बच्चा हुर्किरहेका छन् । तर वास्तवमा उनको पेटमा ३१ किलोको ट्युमर बढिरहेको थियो । यो ट्युमर यति ठूलो भएको थियो जसका कारण महिला हिँडडुलसमेत गर्न नसक्ने भएकी थिइन् ।

    डाक्टरले महिलाको नाम सार्वजनिक गरेको छैन । तर फोटोमार्फत उनीहरुले उनको स्थिती सार्वजनिक भने गरे । उक्त ट्युमर निकै ठूलो भएको थियो र महिलाको फोक्सोसहित अन्य अंगलाई पनि क्षती पुर्याउन थालेको  थियो ।

    डा. एरिकका अनुसार आफ्नो करियरमा उनले योभन्दा ठूलो ट्युमर कहिले पनि देखेका थिएनन् । ट्युमरलाई नफुटाइ महिलाको पेटबाट सिधा निकालिएको थियो ।

    हिँडडुल गर्न सकिरहेकी थिइनन् महिलाः

    रोगको पत्ता लाग्नुभन्दा पहिले महिलाले आफ्नो तौल अचानक बढिरहेको महसुस गरिन् । उनले डाइटिङ गर्न सुरु गरिन् । तर महिलाको पेट लगातार बढिरहेको थियो ।

    जब उपचारका लागि डाक्टरकोमा पुगिन् उनको पेटमा ट्युमर भएको थाहा भयो जुन लगातार बढिरहेको डाक्टरहरुले पत्ता लगाए ।

    उक्त ट्युमर ११ महिनापछि यति ठूलो भयो कि यदि त्यसलाई ननिकालेको भए महिलाको ज्यान पनि जानसक्ने डाक्टरले बताएका छन् ।

    शल्यक्रियाको ७ महिनापछि अब वास्तविक जीवन बाँचिरहेकी छिन् महिलाः

    शल्यक्रिया गरेको सात महिला पछि अब महिला लठ्ठीको सहारा बिना नै हिँड्डुल गर्न सक्ने भएकी छिन् । उनको घाउ निको भइसकेको छ र उनको स्थिती अहिले निकै राम्रो भइरहेको छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture