• Breaking News

    Monday, May 1, 2017

    बाहुबलीको जस्तो शरीर बनाउन चाहानु हुन्छ ? जान्नुहोस बाहुबलीको फिटनेस राज, कस्तो खान्छन् ,के गर्छन्?

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    Home  फिल्मि खबर  बाहुबलीको जस्तो शरीर बनाउन चाहानु हुन्छ ? जान्नुहोस बाहुबलीको फिटनेस राज, कस्तो खान्छन् ,के गर्छन्?
    बाहुबलीको जस्तो शरीर बनाउन चाहानु हुन्छ ? जान्नुहोस बाहुबलीको फिटनेस राज, कस्तो खान्छन् ,के गर्छन्?
    0099
    Share On Facebook
    Tweet It

    यतिबेला हलमा बाहुबलीः द कन्क्लुजनले धुम मच्याइरहेको छ । यससँगै बाहुबली अर्थात अभिनेता प्रभासको अभिनयले दर्शकलाई लोभ्याएको छ । बलिष्ठ, उर्जावान् र पूरुषार्थी युवाको भूमिकामा उनी साँच्चै सुहाएका छन् ।

    अग्ला कद, सुगठित ज्यानले पनि हो, प्रभासलाई ‘बाहुबली’ बनाएको । आखिर बाहुबली फेम प्रभासले यति आकर्षक बडी कसरी बनाए होलान् ? त्यसमा उनको अनुशासित दैनिकी, कडा वर्कआउटसँगै सन्तुलित खानपानले काम गरेको छ ।

    हरेक फिटनेस कन्सियस युवा बाहुबली जस्तै बन्न चाहन्छन् । भव्य, मजबुद, शक्तिशाली र आकर्षक ।

    वास्तवमा प्रभासले बाहुबलीका लागि २० किलो तौल बढाएका थिए । यो काम त्यती सजिलो थिएन । उनले फिल्ममा दुई भिन्न भिन्नै भूमिका निर्वाह गर्नुपर्ने थियो । एक भूमिकामा उनी हट्टा-कट्ठा देखिनु पर्ने थियो भने अर्कोमा दुब्लो, पातलो । उनले दुबै भूमिकामा आफुलाई खरो उतारे ।



    १. वर्कआउट

    तपाईलाई आश्चर्य लाग्न सक्छ कि, उनी प्रतिदिन कति समय वर्कआउट गर्छन् ? लगभग ३ देखि ६ घण्टासम्म । कहिले कहिं उनी चारदेखि ६ घण्टासम्म वर्कआउट गर्थे ।

    २. ब्यायाम

    बिहानको समय उनी कार्डियोभास्कुलर एक्सरसाइज गर्छन्, जस्तो दौडने, तैरने, साइकल चलाउने । साँझमा हेभी वेट लिफि्टङ अभ्यास गर्छन् ।

    ३. खानपान

    उनी आफ्नो खानपानमा अधिक सजक छन् । खासगरी फिल्मको भूमिकाका लागि पनि उनले खानपानमा खास ध्यान दिए । शिवुदुको भूमिकाका लागि उनले कार्बोहाइड्रेटको सेवन गरेनन् । बाहुबलीको भूमिकाका लागि ब्राउन राइस, ओट्स, पास्ता खाएका थिए ।

    ४. नास्ता

    नास्तामा उनले अन्डाको सेतो भाग खान्छन् । साथै प्रोटिन पाउडर पनि । उनले पुरै दिनभरमा चालिस वटा अन्डाको सेतो भाग खाएका थिए । नास्तामा २ सय ५० ग्राम चिकन र फलफूल सेवन गरेका थिए ।

    ५. हरेक दुई घण्टामा खानेकुरा

    उनले हरेक दुई घण्टाको अन्तरमा खाना खाएका थिए । दिनमा ६ पटक बदाम, सब्जी र माछा खान्थे ।

    ६. प्रतिदिन चार हजार क्यालोरी लिने

    उनले प्रतिदिन २ हजारदेखि ४ हजार क्यालोरी सेवन गरेका थिए । यदि तपाई भारत्तोलन व्यायाम गर्नुहुन्न भने प्रतिदिन २५ सय भन्दा बढी क्यालोरी लिनुहुन्न ।

    – एजेन्सी
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture