• Breaking News

    Tuesday, May 2, 2017

    सरकार छाडेका कमल थापा फेरी पुगे एमाले कै दैलोमा ! बैठक बसिरहेका शीर्ष नेताहरु भए चकित !

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, १९ वैशाख । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रकरणमा असहमति जनाउँदै सरकार छाडेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा एमालेको दैलोमा पुगेका छन् । यसअघि एमाले नेतृत्वको विपक्षी गठबन्धनमा रहेका थापा एक महिनाअघि मात्रै सरकारमा गएका थिए । तर, प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कांग्रेस र माओवादी केन्द्रको निर्णयमा असहमति जनाउँदै सोमबार साँझ सरकारबाट बाहिरिए ।

    सरकारबाट बाहिरिएको भोलिपल्ट मंगलबार (आज) थापा एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेका हुन् । थापा पुग्दा एमाले शीर्ष नेताको बैठक बसिरहेको थियो । बैठकमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउनबारे छलफल भइरहेको थियो । शीर्ष बैठकमै थापा एक्कासी प्रवेश गरेपछि एमाले नेताहरु चकित परे ।
    एकाएक किन एमाले कहाँ पुगे थापा ?

    स्रोतका अनुसार सरकार छाडेका थापा चुनाबी गठबन्धनबारे छलफल गर्न एमाले संसदीय दलको कार्यालय सिंहदरवार पुगेका थिए । दुई पार्टीबीच वैशाख ३१ गतेको स्थानीय तहको चुनावमा कसरी गठबन्धन बनाएर अघि बढ्न सकिन्छ भन्नेबारे छलफल भएको एक नेताले बताए ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture