भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
चैत्र २१, २०७३ चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा कम्तीमा ५ वटा सवारी साधन पुरिएका छन् । उद्धारका क्रममा प्रहरीले अहिले सम्म एक जनाको शव निकालेको छ । पहिरोमा एउटा ट्याङकर, एउटा जिप, दुई वटा मोटरसाईकल र एउटा ट्रक पुरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । स्तोरन्नतीको क्रममा रहेको सो सडकखण्ड गत मंगलवारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द हुने भएपनि सो समय अघि नै छुटेका सवारी साधन पहिरोमा पुरिएका हुन् । भरतपुर महानगरपालिका अन्तरगत २९ नम्बर वडामा पर्ने घुमाउने स्थानमा पहाडबाट खसेको डुङा सहितको ढिस्को खसेको थियो । प्रहरीले हालसम्म एउटा ट्रकलाई पुरिएको स्थानबाट निकालेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनको टोलीको नेतृत्वमा स्काभेटरको प्रयोग गरि पहिरो पन्छाउने कार्य भईरहेको छ ।
Loading...
No comments:
Post a Comment