भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि आइतबार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको तरंग राष्ट्रपति कार्यालयसम्म पुगेको छ ।महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै गहृमन्त्री विमलेन्द्र निधीले राजीनामा दिएका छन् । सत्ता साझेदार राप्रपा नेपाल पनि सरकारबाट बाहिरिने हो कि भन्ने चिन्ता छ । यी सबै घटनाक्रमहरुका कारण बैशाख ३१ को चुनाव प्रभावित हुने हो कि भन्ने भय उत्पन्न भएको छ । पछिल्लो राजनीतिक तनावका विषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग चासो राखेको शीतलनिवास स्रोतले बतायो ।
राप्रपाले सरकार छोड्ने
सत्तारुढ दल राप्रपाले सरकार छोड्ने भएको छ। सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने राप्रपा स्रोतले जनाएको छ।
स्वतन्त्र न्यायापालिकामा हस्तक्षेप गरेको भन्दै राप्रपाले सरकार छोड्न लागेको स्रोतले जनाएको छ।यस अघि राप्रपा अध्यक्ष तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग प्रस्तावको कडा शब्दमा विरोध गरेका छन्। थापाले महाअभियोग प्रस्ताव न्यायीक स्वतन्त्रता माथिको अम्भीर आक्रमण भएको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन् ‘प्रन्या सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण। न्यायीक स्वतन्त्रतामाथि गंभीर आक्रमण।‘
गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिए
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् ।प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्णयप्रति असहमित जनाउँदै निधिले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।गृहमन्त्री निधिले महाभियोगका विषयमा आफूसँग सरसल्लाह नगरेको भन्दै सभापति शेरबहादुर देउवासँग असहमति जनाएको स्रोतको भनाइ छ ।असन्तुष्ट रहेका निधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई करिव पाँच बजेतिर भेटेर आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
- See more at: http://www.lightnepal.com/88033/#sthash.id0jMjxT.UawQNwB4.dpuf
Loading...
No comments:
Post a Comment