भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
यसै क्रममा धेरै नेपाली कामदारहरुको बसोबास रहेको कुवेतको फर्वानिया भन्ने स्थानमा कुवेत प्रहरीको फर्वानिया सुरक्षा समुहले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने चार नेपाली नागरिकहरुलाई ठुलो मात्रामा बिक्रीका लागि तयार पारीएको मदिरा सहित पक्राउ गरेको छ।
कुवेतको अनलाइनपोर्ट आइमानमातमा जनाइए अनुसार हिजो एप्रिल-२८ तारिक,२०१७का दिन कुवेतको फर्वानिया प्रहरीले उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट ८८ वटा ब्यारेल(सिलिन्डर जस्तो देखिने पेय पदार्थ राख्न प्रयोग गरिने ठुला
कन्टेनर)हरु,३२००(तिन हजार दुईसय)बोतल बिक्रीका लागि तयार पारीएको घरेलु मदिरा अनी घरेलु मदिरा प्रशोधन तथा उत्पादन गर्न प्रयोग गरिने उपकरणहरु सहित ति नेपाली नागरिकहरुलाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको हो।
पक्राउ गरिएका नेपालीहरुको नाम,ठेगाना तथा कम्पनी लगाएत अन्य जानकारी भने खुलाईएको छैन।
Loading...
No comments:
Post a Comment