• Breaking News

    Sunday, April 30, 2017

    प्रधानन्यायाधीशमाथि महाअभियोग र गृहमन्त्रीको राजीनामापछि सेनाले चाल्यो यस्तो कदम !

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, १७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग र गृहमन्त्री विमलेन्द्र निधिको राजीनामापछि नेपाली सेना ‘हाई अलर्ट’मा बसेको छ ।

    सैनिक मुख्यालय जंगी अड्डाले आइतबार अपराह्न एकाएक भएको राजनीतिक घटनाक्रमपछि सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै मातहतका निकायहरुलाई हाई अलर्ट भएर बस्न निर्देशन दिएको स्रोतले बतायो ।

    देशभर उच्च सुरक्षा सतर्कता



    यस्तै, गृहमन्त्रीको राजीनामापछि सरकारले मुलुकभर सुरक्षा सतर्कता अपनाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमको मौकामा कुनै अप्रिय घटना नहोस् भनेर उच्च सुरक्षा सतर्कता अपनाएको स्रोतले जानकारी दिएको छ ।

    मन्त्रालयले सबै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखेको छ । प्रधान न्यायाधीमाथि महाभियोग दर्ता, गृहमन्त्रीको राजीनामा लगायतका उच्च राजनीतिका घटनाक्रमपछि सरकारले सुरक्षा सतर्कता अपनाएको हो ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture