सिन्धुलीस्थित नव जीवन चर्च महेन्द्रघारीका पास्टर यूवक राई परणासन्न पिटिएका छन् । यही मंगलबार राती सदरमुकाम सिन्धुलीमाढिबाट इसाई समाजको वैंठक सकेर अफ्नो घर फर्कनेक्रममा पास्टर राईलाई तीन जनाको एक अज्ञात समूहले मरणासन्न पिटेका छन् । मंगलबार राती साढे नौं बजे सिन्धुलीमाढीबाट ज४ प ९५०८ नम्बरको मोटरसाइकलमा घर फर्कनेक्रममा बोटीनी खोला नजिकै तीन जनाको एक समूहले अचानक वाटो छेकी सम्धीलाई चिने जस्तो लाग्छ भनी मरणसान्न पिटेका थिए । घाइते पास्टरका अनुसार उहाँको मोटरसाइकलको पछाडीको सिटमा पास्टर ओम ठाडा मगर पनि हुनुहुन्थ्यो । पास्टर राईलाई मरणसन्न पिट्न थालेपछि पास्टर मगर पनि जंगल फरार भएर आफू वाँच्न सफल भएको बताइएको छ । घाइते पास्टर राईलाई काठमाडौंको वीर अस्पतालमा उपचार भइ रहेको छ । उनको टाउँको, अनुहार र दुवै आँखामा गम्भीर चोट लागेको छ । उनको उपचारमा संलग्न वीर अस्पतालका डा.अमृत आचार्यका अनुसार पास्टर राईको अवस्था चिन्तामुक्त रहेको छ यद्दपी एक्स रे को रिपोर्ट भने आउन वाँकी छ । घाइते पास्टर राई यो समाचार तयार पार्दासम्म सामान्य अवस्थामा आउन सक्नु भएको छैन् । उहाँलाई हिड्न र वोल्न समेत अप्ठयारो भइरहेको उहाँकी पत्नीले बताउनु भएको छ । पास्टर राईले आफूमाथि विना कारण आक्रमण भएको बताए । धर्म परिवर्तनको प्रचार-प्रसार कारणले नै कुटपिट भएको आशंका गरिएको छ।
No comments:
Post a Comment