भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
फेसबुक र ट्विटरबाट उनीहरुले चलाएको यो अभियानमा भाइरल भइरहेको छ । उनीहरुले सामूहिक रुपमा एउटै कुरा लेखेका छन्– ‘यो देशलाई खारेज गर’ भन्दै नारा लगाउने हिसिला यमीलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइयोस् । हजारौंले यही माग र ‘एरेस्ट हिसिला यमी’ ह्यासट्यागमा विचार राखिरहेका छन् ।
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईकी पत्नी तथा पूर्व मन्त्री हिसिला यमीले आइतबार राजधानीमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेपछि प्रहरी नियन्त्रणमा बसेर ‘यो देश खारेज गर’ भन्दै नारा लगाएकी थिइन् । उनले लगाएको नाराको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
कांग्रेस सांसद गुरुङ भन्छन्– ‘यो देश खारेज गर भन्नु भनेको देशको अस्तित्व समाप्त पार भनेको हो । प्रहरी नियन्त्रणमा बसेर हिसिलाले नारा लगाएकी छिन् । त्यस्तो नारा लगाउने हिसिलालाई किन रिहा गरियो ? उनलाई तत्काल गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउनुपर्छ ।’
Loading...
No comments:
Post a Comment