• Breaking News

    Wednesday, April 19, 2017

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    मुम्बई, वैशाख ६ – सन्नी लियोनी बलिउडमा विवादमा आइरहने नाम हो । पछिल्लो समय उनी कन्डमको विज्ञापनलाई लिएर फेरि विवादमा तानिएकी छिन् ।

    रिपब्लिकन पार्टी अफ इन्डिया (ए) को महिला विङ्गले सन्नी लियोनीको कन्डमको विज्ञापनलाई लिएर विरोध जताएको हो ।

    उनीहरुले विज्ञापनमा रोक लगाउन माग गरेका छन् ।
    महिला विङ्गकी सेक्रेटरी शीला गाँदुर्देले विज्ञापन बन्द नगरे संगठनले यसको विरुद्धमा आन्दोलन नै शुरु गर्ने चेतावनी दिएकी छिन् ।

    उनको दाबी छ, यो ‘अश्लिल’ विज्ञापनले सबै महिलालाई लज्जा महसुस हुन्छ । टिभी च्यानलमा देखाउने यस्तो विज्ञापन परिवारसँग बसेर पनि हेर्न मिल्दैन ।

    पार्टीले सन्नी लियोनीको विज्ञापन बन्द गर्न एक हप्ताको अल्टिमेटम दिएको छ ।

    यस विवादमा सन्नीले यसको निर्णय अब सरकारले गर्ने बताएकी छिन् ।

    एक ज्वेलरीको टिभिसी उद्घाटन समारोहमा उनले भनिन्, ‘जनताको केही सही के गलत भन्ने निर्णय गर्ने सरकार हो । लोकतन्त्रमा कसैले के गर्नुपर्छ के गर्नुहुँदैन भन्ने म को हो र ? भारतको लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष बनेकै प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रता नै हो । म यसबारेमा धेरै भन्न चाहँदिन, अब सरकारले नै यसको निर्णय गर्नेछ ।’
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture