भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
उनी गुन्डा नाइके चक्रे मिलनका भाइ हुन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो । त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन ‘छुचुन्द्रो’लाई पक्राउ गरेको छ । महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ । महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ ।
उनीहरू अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन् । पक्राउ परेका सबैलाई प्रहरीले केही सार्वजनिक अपराध मुद्दामा कारबाही थालेको छ । उनीहरूलाई चुनावसम्म थुनामै राखिने प्रहरीले जनाएको छ ।
सहरमा भन्दा गाउँमा संवेदनशील
उपत्यकामा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका मतदान केन्द्रको सुरक्षालाई प्रहरीले प्राथमिकतामा राखेको छ । प्रहरी पुग्न समय लाग्ने ग्रामीण क्षेत्रमा झैझगडा तथा चुनावविरोधी गतिविधि हुन सक्ने प्रहरीको आँकलन छ ।
उपत्यकामा ललितपुरका दक्षिणी भेगका गाउँपालिका सुरक्षाका दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण रहेको प्रहरीले जनाएको छ । ललितपुरका कतिपय मतदानस्थलहरूमा सडकबाटोसमेत पुगेको छैन ।
भक्तपुरको नगरकोट, सिरुटार र दधिकोटका मतदानस्थलहरूलाई अति संवेदनशील मतदानस्थलमा राखिएको छ । महानगरीय प्रहरी कार्यालयले सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा मतदान केन्द्रलाई विभाजन गरी सुरक्षा योजना बनाएको छ ।
गुन्डाहरू पक्राउ पर्दै छुट्दै
पछिल्लो एक महिनायता राजधानीमा सक्रिय गुन्डागर्दीमा संलग्न समूहविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ । तर, पक्राउ परेकाहरू २–४ दिनमै छुट्ने गरेका छन् ।
गत साता पक्राउ परेका सामाखुसी क्षेत्रका गुन्डा नाइके साजन महर्जन मंगलबार २ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा दायर गरेकोमा उनी न्यूनतम धरौटीमै छुटेका हुन् ।
गुन्डागर्दीकै आरोपमा गत साता पक्राउ परेका कान्छा दीपेन्द्र प्याकुरेल पनि बुधबार पाँच हजार रुपैया“ धरौटीमा छुटेका छन् । कालिमाटी क्षेत्रमा गुन्डागर्दीको आरोपमा पक्राउ परेका वसन्त भुसाल पनि पाँच हजार धरौटीमै छुटेका छन् । कांग्रेसनिकट सञ्जीव लामा ‘स्याल’ भने प्रहरी हिरासतमै छन् ।
सार्वजनिक अपराध मुद्दामा उनीहरूलाई प्रहरीले २४ दिनसम्म थुनेर अनुसन्धान गर्न सक्छ । तर, राजनीतिक दबाब र चलखेलका आधारमा पक्राउ परेका सबैजसो गुन्डा एक सातामै छुट्ने गरेका छन् । गुन्डाहरूको ठूला नेताहरूसँग निकटता रहेकाले सजिलै छुट्ने गरेका छन् ।
Loading...
No comments:
Post a Comment