भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
प्रदेशी रोल्पालीको घाउमा मलम लगाउदै सिद्धपुजे सँस्था दोहा कतार
२१ वैशाख, दाङ ! वैदेशिक रोजगारको सिलसिला कतार पुगेका रोल्पाली युवा हरुले खोलेको सामाजिक क्लब सिद्धपुजे परोपकारी संस्थानले हाल सम्म लगभग १५ लाख भन्दा धेरै रकम सहयोग गरिसकेको छ ! नेपालमा महाभूकम्प आएको वेला प्रधानमन्त्री अक्षयकोषमा होस या काठमाडौँमा ब्लड क्यान्सर भएका बिरामीलाई उपचार उपचार गर्न कसैलाई नछुट्याई सहयोग गर्दै आएको छ सिद्धपुजे परोपकारी सेवा समाज !
रोल्पा स्थित माडी गाउँ पालिका वार्ड न. ५ टोल न ४ देखि टोल नम्बर ३ सम्म करिव ५ किलोमिटर भन्दा लामो बाटो सिद्धपुजे संस्थामा कार्यरत व्यक्ति हरुको लागनी बाट खानाइएको रहेछ जस कारण ३ नम्बर वासी भावाङगेली हरुले प्रतक्ष फाइदा लिरहेका छन् !
समाज सेवा गर्ने क्रममै सिद्धपुजे संस्था कतारका संस्थापक सदस्य तथा युवा बुद्धिजीवी सागर पुनले रोल्पाका पिडित हरुलाई आर्थिक सहयोग गर्नु भएको छ !
रोल्पा माडी गाउँपालिका ५ नम्बर वडा भाबाङ स्थित स्थानीय सिद्धपुजे परोपकारी समाज सेवाको कार्यसमिति र समाज सेवीको उपस्थितिमा युवा बुद्धिजीवी सागर पुनले सिद्धपुजे परोपकारी समाज सेवा केन्द्रीय कमिटिले निकासी गर्दिएको जम्मा राहत रकम रु.३२५००/- निम्नलिखित पीडितहरुलाई हस्तान्तरण गरियो l गतवर्ष हावाहुरीले घरको तिनको छाना उडाएको हुँदा राहत स्वरूप खुमबासा निवासी भिम बहादुर रोकाको श्रीमती लाई घर मर्मत लागि रु.४५००/
घरको आर्थिक स्थति नाजुक देखिएको त्यसैमा सुत्केरी बुहारी, कमाउने छोरा इण्डियामा मृत्यु भएकोले खाद्यपदार्थ किनमेल गर्नको लागि जोखर्क निवासी वृद्ध सार्की दमाई लाई राहत स्वरूप पहिलो चरणमा रु.५५००/
गतवर्ष चट्याङले पशु पन्छी मारेको हुँदा ताङधारा निवासी रण बहादुर वली लाई सान्त्वना राहत रु.४५००/-
गतवर्ष घरमा आगोलागि हुँदा अग्नि पीडित ताङधारा निवासी पहल सिं वली लाई घर मर्मतको लागि रु.१३५००/-
आर्थिक स्थति कमजोर अपांग लंगडो भएकोले मेलपोखरी निवासी शेर बहादुर कामी लाई खाद्यान्न किनमेल लागि रु.४५००/- आज बैशाख २० गते सानोतिनो कार्यक्रम राखेर बिभिन्न पीडित व्यक्तिहरुलाई रकम बाडिएको थियो पाचै जना पीडितहरुले सिद्धपुजे संस्थालाई हृदयको अन्तर आत्म देखि प्रशंसा गरेका थिए !
त्यसतै रोल्पा साविक उवा-९ घुस्रीमा २०७३ साउन ११ गते परेको अविरल वर्षाको कारण घरमाथि बाट खसेको पहिरोमा परि नन्दे पुनको श्रीमती मन कुमारी पुन छोराहरु विकास पुन, निकास पुन र छोरी आशा पुनको मृत्यु भएको थियो पहिरो पीडित नन्दे पुनको बुवा बुजिमन पुन लाई सिद्धपुजे परोपकारी समाज सेवा संयोजक दुर्गा प्रसाद पुनले रोजन पुन मार्फत पहिरो पीडितलाई रु.१२०६९/- दाङ देउखुरी लालमटिया ८ नयाँबस्तीमा (सबै बिभिन्न संघ संस्था समाज सेवीको नेत्रित्वबाट जम्मा संकलन रु.२ लाख ५३ हजार ५ सय ६८ रुपैयाँ थियो) आर्थिक हस्तान्तरण गरिएको थिए l
Loading...
No comments:
Post a Comment