भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
१२ वर्ष अघिको त्यो दुखद् घटना बिर्सन खोजेर पनि मानसपटलमा आइहाल्छ । जहाँ यात्रुबाहक बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अयोध्यापुरीबाट यात्रु लिएर नारायणगढ जाँदै गरेको ना २ ख ३२४५ नम्बरको बसमा माओवादीले बम विस्फोट गराएका थिए । चितवनको माडीमा भएको त्यो कहालिलाग्दो घटना सम्झनासाथ आम मानिसको आँखा रसाउँछ । च्यापिएका, उछिट्टिएका, छिन्नभिन्न भएका शव र विक्षिप्त अनुहारमा छटपटिएका देख्नेहरु आज पनि झस्कन्छन् । कुन शव कसको हो चिन्ने अबस्था थिएन् । कसैका अनुहार काटिएका थिए, कसैका हात, त कसैका खुट्टा थिएनन्, कोही बालुवामा बजारिएर ढलिरहेका थिए । ३९ जनाले सास फेर्न छोडिसकेका थिए भने बाँकी बचाउ, बचाउ, मरे, पानी पानी भन्दै थिए । आफ्नो स्वार्थका लागि आशा लाग्दा हजारौँ युवाको हत्या गरेको माओवादीलाई मानवीय सम्बेदनाले छुने कुरै भएन । स्थानीयहरु ज्यान जोखिममै राखेर उद्धारमा खटिए भने माओवादीहरु त्यहाँ छरिएका गरगहना, पैसा बटुल्न थाले । उनीहरुको मनमा मानवता भएका भए छरपष्ट भएका गर–गहना, पैसा, सामानहरु लुट्न लाग्दैनथे । २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा मान्छेको बधशाला बनाइँदा पनि माओवादीले गल्ती स्वीकार गरेन । अबोध बालकसहित ३९ जनाको एउटै चिहान बनाउँदा समेत गर्व गर्ने माओवादीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना भयो ।
पीडित अझै समस्यामा
बाँदरमुढे घटनाका घाइतेको स्वास्थ्य अवस्था जटिल बन्दैछ । बेहोस हुने र तर्सिने समस्याले उनीहरुलाई अझै छाडेको छैन । घटनामा परेका बालबालिकालाई पढाइमा समस्या छ । महिला–पुरुष काम गर्न नसक्ने भएका छन् । पीडा सहेर काम गर्नुपर्ने बाध्यता छ । घटना सम्झने वितिकै उनीहरुको आँशु झर्छ, एक महिनासम्म थला पर्छन् । जब माओवादीहरु ठूला कुरा गर्छन, तव बाँदरमुढे घटनालाई नजिकबाट हेर्नेहरुको मन खिन्न हुन्छ । माओवादीकै कारण धेरैको ज्यान गएको, टाउकोको हड्डी फुटेको, दाँत झरेको, खुट्टा भाँचिएको सम्झना आइहल्छ । छाती र ढाड दुख्ने तथा सास फेर्न समस्या हुने मात्र होइन, मानसिक रोगको औषधि खानुपर्ने बाध्यता पनि ।
मानवता विरोधी घटनामा पनि जोडबलले मेलमिलाप गर्न लगाउने, पीडा ढुक्कसँग राख्न नपाउने वातावरण माओवादीकै कारण बनेको पीडितको गुनासो छ । घटनाको बेला स्कूल पढ्दै गरेकाहरु पनि आजभोलि समेत बेला–बेलामा झस्किने, तर्सिने गर्छन । ठूला दुर्घटनाबारे सुन्दा पनि उनीहरूमा बढी तनाव र डराउने समस्या देखिने गरेको छ ।
कांग्रेस कार्यकर्ता भन्छन ‘माओवादीलाई भोट हाल्दा पीडितको आत्माले सराप्छ’
बाँदरमुढेसहित मानवता विरोधी कहालिलाग्दो घटना गराउने माओवादीसँग पार्टी केन्द्रले तालमेल गरेपछि चितवनका कांग्रेस नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन् । ‘हिजो हाम्रो नेता तथा कार्यकर्तालाई मार्ने, धम्की दिने र सम्पती लुट्नेहरुसँग सहकार्य हुन सक्दैन । केन्द्रमा शेरबहादुरले तालमेल गरे हुन्छ, हामी स्थानीय तहमा माओवादीलाई स्वीकार्न सक्दैनौँ’ कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत नै विरोध जनाउँदै भनेका छन ।
नैतिक र उपस्थितिको हिसावले कमजोर माओवादीलाई महानगरको उम्मेदवार सुम्पेर देउवाले स्थानीय नेता तथा कार्यकर्ताको भावनामा खेलवाड गरेको उनीहरुको गुनासो छ । माओवादीलाई कुनै पनि हालतमा भोट नहाल्ने भन्दै चितवनका नेता तथा कार्यकर्ताले सभापति देउवाको पुत्ला समेत जलाएका छन् । उनीहरुले स्थानीय तहको निर्वाचनलाई बाँदरमुढे घटनासँग जोडेर समेत हेरेका छन् । केन्द्रले जवरजस्ती तालमेल गराएपनि माओवादीलाई भोट हाल्दा बाँदरमुढे घटनाका पीडितको आत्माले सराप्ने उनीहरुको बुझाइ छ । कांग्रेस नेताहरुको एउटै तर्क छ ‘बाँदरमुढे घटना मात्र होइन, चितवनमा माओवादीले कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तामाथि ठूलो अन्याय गरेको छ । हिजो ज्यान मार्ने, धम्की दिने र सम्पती लुट्नेलाई भोट कसरी हाल्नु ?’ चितवनलाई विकासवादी नेता चाहिएको भन्दै उनीहरुले प्रचण्डको छोरी नचाहिएको बताएका छन् ।
साभार :- लाईट नेपाल
Loading...
No comments:
Post a Comment