भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
शुक्रबार दिउँसो होटल संचालिकाहरु खोटाङ्गे चाम्लिङहोटकी सुनिता राई र बी. बी. क्यु होटलकी सञ्चालिका विष्णु बिष्टलाई साेधपुछका लागी ईलाका बाेलाईएकाे थियाे । यसरी पक्राउ परेका तीन महिला र १ जोडीहरु मध्ये बी.बी.क्यु. होटलबाट समातिएका एक जोडी सहित सञ्चालिका बिष्टलाई साेधपुछ पछि प्रहरीले छाडिदिएको छ । यसरी एउटा होटललाई नछाड्ने र अर्काे छाड्नु पर्ने किन ? भन्ने प्रश्नमा इप्रका पथरीका प्रहरी निरीक्षक राजन कार्कीले भने–‘बी.बी.क्यु .मा पक्राउ परेकाहरु खासै यौनकर्मी जस्तो लागेन । अनुसन्धान गर्दा विवाह गर्न आँटेको जोडी रहेकोले सञ्चालिका उनीहरुलाई छाडिएको हो .’ इप्रका पथरीले प्रायः पेशेवर युवतीहरुलाई पक्राउ गरी कारवाही नगरेकाले अन्य होटलहरुलाई असर परेको एक होटल व्यवसायी बताउँछन् ।
यस विषयमा बारम्बार समाचार सम्प्रेरण भइरहँदा पनि प्रहरीले छापा मार्ने अनि छाड्ने गरेको छ । खाेटाङ्गे हाेटल बाट पक्राउ परेका ३ महिला र संचालिका सुनिता राईलाई भने कानुन बमाेजिम मुद्घा चलाउने ईप्रका पथरीका ईन्चार्ज कार्कीले बताउनु भयाे । केही समय अगाडि १ हाेटल संचालीका र केही जाेडीलाई ईप्रकाले कार्वाही गरेकाे थियाे । भने केही समय अगाडि सुनसरी इटहरीमा विनोद शर्माले यौनधन्दा उठिबास लगाएपछि अहिले पथरीमा यौनकर्मीहरु फस्टाएको स्थानीय बुद्धिजिवीहरु बताउँछन् ।
Loading...
No comments:
Post a Comment