भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
त्यसमध्ये ५० प्रतिशत भन्दा कम मात्रै उपचारबम निम्ति जाने गर्छन् । नेपालमा पिसाब चुहिने समस्याबाट कति प्रतिशत स्त्री पीडित छन् ? तीमध्ये उपचारका निम्ति चिकित्सककहाँ कति पुग्ने गर्छन् ? त्यसको कुनै लेखाजोखा छैन । स्त्रीमा विभिन्न प्रकारका पिसाब चुहिने अवस्था देखा पर्छन् । यो लेखमा एक्कासि पेटभित्र चाप बढेर उत्पन्न भएको पिसाब चुहिने समस्यालाई मात्र वर्णन गर्ने चेष्टा गरिएको छ ।
पेटभित्र एक्कासि चाप बढेर पिसाब चुहिने भनेको खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, शारीरिक व्यायाम गर्दा, भारी बोक्दा, सम्भोग गर्दा जब पेटभित्रको चाप एक्कासि बढ्छस त्यस्तो अवस्थामा मूत्रथैलीमा पिसाब छ भने त्यो थोपा वा धाराकै रूपमा बाहिर निस्कन्छ । त्यस्तो भएमा योनीवरपर भिजेको अनुभव हुने, समयमै सफा गर्न नपाए मूत्र गनाउने, चिलाउने तथा संक्रमण हुनेजस्ता समस्या उत्पन्न हुन्छन् । खोकी वा अरू कारणबाट बारबार पिसाब चुहिन थालेको खण्डमा भित्री लुगा नभिजोस् वा अरूको अगाडि नराम्रो नहोस् भन्न प्याड वा पिसाब सोस्ने कपडा राख्दा योनी वरिपरि घाउ हुनसक्ने, बाफिने र लामो समय फेर्न नपाउँदा पूरा ध्यान त्यतैतिर जानसक्ने हुँदा त्यस्तो समस्याबाट मुक्त हुन राम्रो हुन्छ ।
Loading...

No comments:
Post a Comment