• Breaking News

    Saturday, April 1, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    युएई–रायो साग किन्नुहोस्, रायो साग ..  नेपालबाट ल्याएको । कति हो दिदी ? ‘दश रूपैयाँ भाई ।’ बोली नसकिदै ‘२ मुठा दिनुस् ।’ पार्कमा बसिरहेको एक जोडी खासखुस कुरा गर्छन् । ‘कस्तो नेपालकै याद आयो हामीलाई नि दिनुस् न साग’ । एक मुठा साग लिन्छन् । फेरी उही गन्तब्यतिर लाग्छन् । काँधमा केही मुठा साग र पछाडी प्लास्टिकमा पनि साग अनि एक सहयोगी । साग आयो साग… निरन्तर प्रकृया चलिरहन्छ ।

    गत हप्ता दुबईको मेट्रो पार्कमा (नेपाली पार्क भन्दा सजिलै चिनिने) एक नेपाली महिला हातमा साग बोकेर यसरी नै बेच्दै थिईन् । प्राय शुक्रबार नेपालको हाटबजारमा लाग्ने मेला

    भन्दा धेरै नेपालीहरूको चाप हुने उक्त पार्कमा ब्यापार गर्दा सजिलै बिक्री हुने आशयले ति महिलाले साग बेच्न यो विधि अपनाएको हुनसक्छ ।
    उनी साग बेच्न अघिअघि जान्छिन् । म पनि फोटो मात्रै भए पनि लिन्छु,भन्दै उक्त महिलाको पछिपछी लागी रहेको हुन्छु । फेरी उभिन्छु, मोबाईल तयारी अबस्थामा छ । फोटो लिन सक्दिन । यो क्रम दोहोरिदै जान्छ ।सयौ महिला पुरूष बसिरहेको पार्कमा एक अधबैशे महिला आफ्नो काँधभरी सागको मुठा लिएर बेच्दै गरेको उनको हिम्मत देखेर मलाई कता कता उनीसँग केही कुरा गर्न मन लाग्यो । फेरी पार्कमा यसरी असुरक्षित ब्यापार गरेमा पार्कको सेक्युरेटी, सुरक्षाकर्मीले समात्ने र जरिवाना तिराउने उनलाई थाहा नहुन पनि सक्छ ।
    फेरी उनले साग बेचिरहेको ठाँउमा गए ।

    सुटुक्क फोटो लिन खोजे, तर उनले देखिन् । ‘हैन यो भाईले मेरो फोटो लिदै छ कि क्या हो ?’ भाई फेसबुकमा नहाल्दिनु है । अचम्म, साग लिने अर्को एक युवाले रातो आँखा बनाउदै मलाई हेर्दै थियो । मलाई महशुस भयो । किनकी उसको साथमा पेप्सीको बोतलमा पेप्सी हैन रक्सी अनि टाउको अड्याउने काँख थियो । यस्तो हर्कत पार्कमा एउटा हैन, दिनदाहाडै सयौ जोडी देखिन्थ्यो । जब साँझ पर्दै गयो, कुना काप्चा भरिदै जाने र दिनमा खुलेयाम पार्कमा यस्ता गतिबिधि गर्ने कतिपय नेपालीहरू दुबई सरकारको निगारानी र कयौले जेल जिवन बिताई रहेका प्रमाणहरू प्रसश्तै छन् ।

    ‘हुन्छ दिदी म केही कुरा गर्न मन लागेर भेट्न आए’ भने सहमतिमा नै १ र २ क्लिक लिए । उनि ब्यापारमा नै ब्यस्त थिईन् । बोल्ने फुर्सदै थिएन । फोन नंम्बर मागेपछि सम्पर्क गर्ने बाचा सहित म लागे ।



    ‘महिनामा साठीदेखी सत्तरी हजारसम्म कमाँउछु’
    माथी उल्लेखित ब्याक्ति हुन्– मोरङ् ,टाँडी ८ धोबेनीकी रामप्यारी धमला । रोजगारीका शिलशिलमा युएई आएकी धमला कामको अलवा आफैले लगाएको साग खेतीबाट मासिक साठी देखी सत्तरी हजार रूँपैया कमाउने बताउछिन् । सात बर्ष अघि युएई छिरेकी उनले साग बेच्ने गरेको बताईन् । यसरी साग बेच्दा १५ दिनमा कम्तिमा १२ सय दिराम अर्थात ३५ हजार रूपैया कमाउछिन् । यसबाहेकाे कामबाट हुने अाम्दानी त छदैंछ । त्यसो त युएईमा ब्यापार गर्न सजिलो नभएको उनको अनुभव छ । भनिन् ‘कहिलेकाही बलदियाको (नगरपालिका) त्रास, कतै नेपालीहरूले पनि जिस्क्याउने गर्दा काम गर्न अलि अठ्यारो हुन्छ ।’

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture