• Breaking News

    Saturday, April 1, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, चैत १९ – कतारको नयाँ श्रम ऐन अब नेपाली भाषामा पनि पाइने भएको छ । सन् २०१६ मा आएको कतारको ऐनको प्रोफेसर मोहम्मद रमजान अलि मियाले नेपालीमा अनुवाद गर्नु भएको हो ।

    नेपालीमा अनुवाद गरिएको पुस्तकको शुक्रबार कतारमा भएको नेपाली मुस्लिम समाज कतारको अधिवेसनमा विमोचन गरिएको छ । पुस्तकको विमोचन कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत मणि रत्न शर्मा , कतारको गृह मन्त्रालय अन्तरगतको सामुदायिक प्रहरी बिभागका उच्च अधिकारी अल वकिल अल दावित अब्दुल अजिज अल मुहन्नदी तथा कम्युनिटी बिभागका इन्चार्ज डा.मोहम्मद बहाउद्दिन, रास्ट्रिय मुस्लिम गठबन्धनका अध्यक्ष शमिम मिया अन्सारी र सांसद जाकिर हुसैनले बिमोचन गर्नुभयो ।

    नेपालीमा अनुवाद गरिएको श्रम ऐनको पुस्तक कतारी राजदूतावास नेपालले प्रमाणित कपि छाप्ने भएको छ । पुस्तक प्रकाशनमा सहयोग गरेको भन्दै अनुवादक मियाले नेपालस्थित कतारी दूतावासलाई धन्यवाद दिनुभयो ।

    अनुवादक अलि मियाले यस अघि सन् २००४ मा पनि कतारको श्रम ऐन अनुवाद गरि पुस्तक प्रकाशन गर्नु भएको थियो । काम गर्ने देशको श्रम ऐन नेपाली भाषामा प्रकासन भएपछि नेपालीलाई सहयोग पुग्ने उहाँको विश्वास छ । अनुवादक मिया मानव अधिकार समिति कतारको नेपाली प्रतिनिधिका रुपमा कार्यरत हुनुहुन्छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture