• Breaking News

    Wednesday, April 26, 2017

    डेढ लाख लिएर १० हजार रुपैयाँको रसिद दिने म्यानपावरले कामदारसित यस्ता चिल्ला कुरा गर्छन्

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    वैशाख १३ – मलेसिया आउने नेपाली कामदारले एक लाख रुपैयाँ भन्दा धेरै म्यानपावर कम्पनीलाई तिरेगएको मार्च ९ तारिख अर्थात फागनु २६ गते मलेसिया आएका सय जना भन्दा धेरै कामदारले डेढ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएको बताएका छन् । उनीहरु काठमाडौंको बालकुमारीमा रहेको इन्टरनेसनल म्यानपावरबाट मलेसिया आएका थिए ।

    मलेसियाको सेलांगर स्थित बान्डार पुन्चालम भन्ने ठाउँमा रहेको सिम्प्ले प्याकेजिङ नामको प्लाष्टिक कम्पनीमा काम गर्न आएका कामदारले आफूहरुलाई १० हजारको नगदी रसिद दिएर एक लाख भन्दा धेरै पैसा लिएको बताएका छन् ।पत्रपत्रिकामा फ्रि भिसा र फ्रि टिकट भनेर विज्ञापन गर्ने र म्यानपावर पुगेपछि लोभ देखाएर पैसा लिने गरेको पीडितहरुले बताएका छन् । मागेजति पैसा नदिए प्रक्रिया सुरु भइसकेको भन्दै म्यानपावरले पासपोर्ट फिर्ता गर्न २० हजार रुपैयाँ तिर्नुपर्ने बताउने गरेका छन् ।

    ‘राम्रो तलब सुविधा हुने भनेर म्यानपावरले धेरै पैसा लिएर मलेसिया पठायो । तर काम भनेजस्तो पाइएन्’ पीडित मध्येका एक प्रेम तिमल्सिनाले भन्नुभयो ।
    मलेसिया आउँदा एक लाख १० हजार रुपैयाँ तिरेका झापाका कुलप्रसाद तिमल्सिनाले भन्नुभयो ‘फ्रि भिसा फ्रि टिकटका बारेमा जानकारी त थियो । तर घुमाइ फिराई म्यानपावरले धेरै पैसा लियो ।’

    धेरै पैसा लिन खोज्दा आफूहरुले फ्रि भिसा फ्रि टिकटका बारेमा म्यानपावरलाई जानकारी गराएको पनि सुनसरीका लिलानाथ कट्टेलले बताउनुभयो ।

    मलेसियाको कम्पनीले कुनै शीर्षकमा पैसा नदिएको भन्दै म्यानपावरले कामदारबाट पैसा असुलेको थियो । मलेसियाको कम्पनीले एक जना कामदार बराबर २५ सय रिंगिट म्यानपावरलाई बुझाएको बताइएको छ । म्यानपावरका प्रतिनिधीले पैसा नतिरी जाँदा आफू जवाफदेही नहुने भन्दै पैसा तिरेर गए मात्रै जवाफदेही हुने आश्वासन देखाएर पैसा असुलेका थिए ।

    न्युनतम लागत खर्च भन्दा धेरै पैसा तिरेर गएका कामदारले पानी बिजुलीको पैसा समेत तिर्नु पर्ने भएको छ । त्यसका लागि कम्पनीले प्रत्येक कामदारको तलबबाट तीन सय रिंगिटका दरले काट्ने गरेको छ । उनीहरु एउटै कोठामा २० जना भन्दा धेरै बस्ने गरेका छन् । भनेजस्तो काम र तलब सुविधा नभएको भन्दै पीडितहरुले नेपाल फर्काउन माग गरेका छन् ।

    फ्रि भिसा फ्रि टिकटको नाममा धेरै रकम उठाइरहेको विषयमा मलेसियास्थित नेपाली दूतावासले छानविन गर्ने भएको छ । दूतावासले श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको राजदूत निरञ्जनमान सिंह बस्न्यातले बताउनु भयो ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture