• Breaking News

    Saturday, May 20, 2017

    यी हुन् ३० जना तालिबान लाइ धुलो चटाउने नेपाली बहादुर गोर्खा आर्मी: दिप प्रशाद पुन

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    दीप प्रसाद पुन (जन्म : सन् १९८०) बेलायतको दोस्रो उच्च सैनिक तक्मा ‘कन्सपिसस गालेन्ट्री क्रस -सीजीसी(Conspicuous Gallantry Cross (CGC) ‘ पाउने गोर्खाली सैनिक( आर्मी नम्बर २११७०४०१) हुन् ।

    फस्ट बटालियन गोर्खा राइफलमा कार्यरत पुनलाई सन् २०१० सेप्टेम्बर १७को राति अफगानिस्तानमाको हेल्मन्ड प्रान्तको बाबुजी एरियामा खटिएका बखत देखाएको अदम्य साहसको लागि उक्त संम्मान प्रदान गरिएको हो।

    दिप प्रसाद पुन गोर्खालीको सान नेपालीको सान म्याग्देलीको सान म्याग्दीको पश्चिम् बिम गा.बि स मा जन्मनु भएका दिप प्रसाद पुन बेलायती सेनामा आबद्ध हुनुहुन्छ सान्ती सेनाको रूपमा अफगानिस्तान थिए त्यहाँ एक चेक पोइन्टमा तालेबान संग हमला हुन पुगियो उनी एक्लो थिए !

    करिब १५ मिनेटको भिडन्तमा दिप प्रसाद पुन ले ३० जना भन्दा बढी दुश्मन लाई धुलो चताएका थिए उनको साहसिकपनको कदर गर्दै बेलायतका रानीले भित्तोरियक्र्स प्रदान गरि सम्मान गरे।

    पुनले २०६७ असोज १ गते राति अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित एक सैनिक चौकीमा हमला गर्न आएका लालिवान लडाकूलाई एक्लै भिडेर भगाउन सफल भएका थिए ।

    ‘चौकीलाई चारै तिरबाट तालिवानले घेरेका थिए, मेरो अगाडि उनीहरुसँग लड्नु बाहेक दोस्रो विकल्प थिएन’ पदक हात पारेपछि उनले बेलायती सञ्चारमाध्यमसँगको प्रतिक्रियाका क्रममा भनेका छन् ‘म निश्चित रुपमा मारिन्छु भन्नेमा विश्वस्त थिएँ । आफू मर्नुभन्दा पहिले सकेसम्म धेरैलाई मान्नुपर्छ भन्ने दृढ निश्चयका साथ लडिरहें ।’

    सन् २००० मा बेलायती सेनामा भर्ती भएका पुनका हजुरबा र बाबु पनि बेलायती सेनामै कार्यरत थिए । पुनको बहादुरीको प्रसंशा गर्दै बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशन/प्रसारण गरेका छन् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture