• Breaking News

    Wednesday, May 17, 2017

    चुनावी परिणामले हौसिएका ओलीले २४ वर्षपछि गरे हिम्मत, जुन अहिलेसम्म कुनै नेताले गरेनन्

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको दासढुंगा र नारायणहिटी राजदरबार हत्याकाण्डको रहस्य पत्ता लाग्ने घोषणा गरेका छन् ।

    स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत परिणाम एमालेको पक्षमा आइरहँदा बुधबार २४ औं मदन–आश्रित स्मृति दिवसमा बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुबै घटनाको सत्य तथ्य बाहिर आउने घोषणा गरेका हुन् ।

    नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगा दुर्घटनामा परी निधन भएको थियो भने त्यसको ८ वर्षपछि ०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा मध्यरातमा भएको गोलीकाण्डमा वीरेन्द्र राजाको बंश नाश भएको थियो ।

    दासढुंगा घटना भएको २४ वर्षपछि र दरबार हत्याकाण्ड भएको १६ वर्षपछि एमाले अध्यक्ष ओलीले हिम्मतका साथ दुबै घटनाको छानविन हुने तथा रहस्य पत्ता लाग्ने उद्घोष गरेका हुन् ।

    यो बीचमा थुप्रै सरकार र स्वयं एमालेकै सरकार हुँदा पनि यी दुई घटनाबारे कुनै छानविन तथा सत्यतथ्य पत्ता लगाउने प्रयास गरिएन् । तर, ओलीले अहिले आएर रहस्य पत्ता लाग्ने घोषणा गरेर सबैलाई आश्चर्यमा पारेका हुन् ।

    बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षड्यन्त्रपूर्ण हत्या भने । ‘विभिन्न शक्तिबाट एमालेविरुद्ध ठूल्ठुला षडयन्त्रहरु हुने गरेका छन्,’ ओलीले भने– ‘दासढुंगा काण्डलाई त्यसैको सिलसिलाका हो ।’

    मदन–आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठूला षड्यन्त्रको रहस्य पत्ता लाग्न समय लाग्ने तर तर, पत्ता लागेरै छाड्ने उनको भनाई छ । दैनिक नेपाल
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture