भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
कुलमान जस्तो व्यक्तिलाई भ्रष्टाचारको जस्तो गम्भीर आरोप लगाउनु भन्दा पहिले गर्नु पर्ने गहन अध्यन नगरी पत्रकारले लेखिदिदा कुलमाको आत्मसम्मानमा चोट पुग्न गएको छ !
कुलमान घिसिङलाइ यती सम्म चोट पुग्न गएको अनुमान गर्न सकिन्छ कि उनले आफै पत्रकार सम्मेलन गरेर सबै कुरा क्लियर गर्नु परेको थियो ! घिसिङले लिड बल्बमा आफू वा आफ्नो टिमले पैसा खाएको प्रमाणित भए ‘देश छाडेर जाने’ समेत भन्नु भएको थियो |
यस्तो थियो उनलाई लागेको आरोप
२ करोड वटा एईडी बल्व खरिदका लागि उनीहरुले करिब डेढ अर्ब भ्रष्टाचार गर्न लागेको खुलेको छ । लोडसेडिङ हटाउन भन्दै प्राधिकरणले भारतको इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेडसँग बल्व खरिद गर्न लागिएको हो । बिना प्रतिस्पर्धा उक्त कम्पनीसँग प्रतिबल्व ६५ भारुको दरले खरिद गर्न लागिएको छ । जबकी उक्त कम्पनीले ४० भारुको दरमा एलईडी बिक्रि गर्दै आएको छ ।
सामाजिक संजालमा कुलमान बचाऊ अभियान सुरु:
सामाजिक संजाल फेसबुकमा कुलमान घिसिङ बचाऊ अभियाननै सुरु भएको छ ! कुलमानका प्रशंसक हरुले फेसबुकमा पेजनै बनाएर कुलमान घिसिङलाई नहटाउ अभियान सुरु गरेका हुन् !
कुलमान घिसिङको चरित्र हत्या गर्ने पत्रकारको शरिनले तोकिन मुल्य, ५० हजार ईनाम दिने घोषणा
कुलमान घिसिङको समर्थनमा एक जना महिला लेख्छिन “कुलमान घिसिङको चरित्र हत्या गर्ने कमिसन खोर दलाल पत्रकारलाई चिनेर गलहत्याएर प्रहरी सामु बुझाउने जो कोहि वीर नेपाल आमाको सन्तानलाई प्रबासबाट म श्रमिक शरिनले ५० हजार ईनाम दिने घोषणा गर्दछु र जसरी आज कुलमानले भ्रष्टाचारि ठहरिएमा देश निकाला हुन्छु भन्नुभएको छ ठिक त्यसैगरी त्यो कमिसन खोर दलाल पत्रकारलाई देश निकाला गराउनु पर्छ अब हामी नेपाली जनताहरुले” ।
किन लेख्छन पत्रकारले नचाहिने कुरा ? एकै छिनमा किन फैलिन्छ सामाजिक संजालभरि ?
कान्तिपुर लगाएतका ठुला पत्रिकामा कार्यरत पत्रकारहरुले राम्रो सँग अध्यन गरेर समाचार लेख्ने गर्छन, उनीहरुको एडिटरले समचार सहि भए नभएको छुट्याएर मात्रै पब्लिश गर्ने गर्छ त्यसैले त्यस्ता पत्रकार पर्ती हामी विस्वास गर्छौं ! तर आजभोली च्याउसरि अनलाइन पत्रकारहरु उम्रिएका छन् जसले न त राम्रो सँग लेख्ननै जानेका छन्, न उनीहरु सँग पत्रकारिता सम्बन्धि कुनै अनुभव छ, न कुनै तालिम लिएका छन् यस्ता पत्रकार भनौ पेज संचालक हरुलेनै बल्दै गरेको आगोमा तेल हाल्ने कम गर्छन !
अनलाइन पत्रकाररुपी पेज संचालक हरुलाई उनीहरुले पोस्ट गरेको पोस्टमा के लेखिएको छ त्यो समेत पढेका हुदैनन् ! उनीहरुलाई जति सक्दो भिजिटर आफ्नो वेबसाइटमा भित्र्याउनु र बिज्ञापनमा क्लिक गराउनु बाहेक सूचना दिने कुंई उद्द्स्य हुदैन ! त्यस्ता पेज संचालक हरुलाई न त कुनै कुलामनको इज्जत गर्छन न बेजत उनीहरुलाई आफ्नै काम सँग मतलव भएर जति सक्दो सेयर गर्न भनिरहेका हुन्छन ! पढ्ने पाठकले त्यस्तो कुरा बुझेर मात्र सेयर गर्दा राम्रो हुन्छ !
पार्टी बाट संचालित पत्रकार/पेज
फेसबुकमा हामी सबैले देखेकै कुराहो, कुनै कुनै वेब र तिनका वेबसाइट हेर्दा लाग्छ उनीहरुलेनै सबै पार्टीको सूचना प्रदान गर्ने ठेक्का लिएका छन्, नामै लिएर भन्नु पर्दा दैनिक नेपाल नामक फेसबुकपेजमा एमालेको प्रशंसा बाहेक अरु क्यै समाचार पढ्न पाइदैन ! एभरेष्ट दैनिक पोस्टहरु हेर्दा लाग्छ यो माओबादी द्वारा संचालित पेजहो, माओबादीको कुनैपनि नराम्रो कुरा लेखिएको हुदैन एभरेष्ट दैनिक सायदै नेपाको यस्तो पहिलो पेजहोला जसले आफ्नो वेबसाइटमा बिज्ञापन राखेको छैन ! यस्ता धेरै पार्टीका आ-आफ्ना अनलाइन पत्रकार पालेर बसेका छन् !
कुलमान घिसिङपनी पार्टी बाट संचालित पत्रकार/पेज बाटै शिकार भएको अनुमान गर्न सकिन्छ, कुनै एउटा पार्टीलाई कुलमान मन पर्दैन भने उक्त पार्टीबाट संचालित पत्रकारले कुल्मानाको बारेमा चाहे जतिसुकै राम्रो काम गरुन जहिले नराम्रो मात्रै लेख्छन त्यसको फाइदा क्लिक बेट पेज हरुलाई हुन्छ जल्से के लेखिएको छ त्यो नपढेरै पोस्ट गर्ने गर्दछन !
मैले यो लेख गल्फ एक्ट डेली वेबसाइटको लागि लेख्दै गर्दा सोच्दै छु त्यस्ता बकम्फुसे पेजहरुले नपढेरै कतिले कपिगर्ने हुन् ! कुलमान सहि छन् हामी पाठकहरूलाइ राम्रो सँग थाहा छ ! हामि अनलाइनमा दैनिक अपडेट रहने पाठकहरुलाई कुनै बकम्फुसे पत्रकारले झुक्याउन सक्दैनन त्यसैले मेरो विन्ती छ राम्रो कुरालाई सक्दो सेयर गरौँ नराम्रो छ भने इग्नोर गरौँ !
Loading...


No comments:
Post a Comment