• Breaking News

    Sunday, May 7, 2017

    शिवका सुन्दर भक्तिनी: कोही पहिले भाङ खाएर हाँसेको हाँस्यै, कोही व्रत बस्न सकेनन्

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    अभिनेत्रीहरुको यस पटकको महाशिवरात्री पर्वबारेको यो खबर आजको नयाँ पत्रिकामा छ ।
    केकी अधिकारी : मलाई शिव भगवानप्रति आस्था छ । शिवरात्रीमा व्रत बस्ने गरेकी छु । यसपालि पनि व्रत बसेँ । सुटिङको क्रममा नेपालगन्ज छु । बिहान बागेश्वरी मन्दिर गएँ तर लाइन धेरै भएकाले भित्र गएर पुजा गर्न भ्याइन ।
    रजनी केसी : म शिवकी भक्तिनी हुँ । हरेक सोमबार शिवको पूजाआराधना गर्ने गरेकी छु । शिवरात्री त मेरो लागि विशेष नै हुने भयो । यसपालि पनि मैले पशुपतिनाथको दर्शन गरेँ ।
    झरना थापा : शिवरात्री म धुमधमााका साथ मनाउँछु । यसपालि पनि व्रत बसेँ । यसपालि भने मैले भाङ खाइन । पहिले भाङ खाएकी थिएँ । भाङ लागेर म त हाँसेको हाँस्यै भएछु । त्यसपछि खएको छैन ।
    बर्षा सिवाकोटी : दुई तीन बर्षयता पशुपति जान पाएकी छैन । अहिले ज्वरो र रुघाखोकीका कारण घरमै आराम गरिरहेकीले यसपालि पनि पशुपति जान पाइनँ । टिभीमा पशुपतिको लाइभ हेरेँ ।
    जाहान्वी बस्नेत : शिवरात्री मलाई एकदम मन पर्छ । शिव भगवानलाई मान्छु म । कामको सिलसिलामा दाङमा छु । त्यसैले पहिलोजस्तो मनाउन नपाउँदा नरमाइलो लागेको छ । ब्लडप्रेसर लो भएकोले गर्दा व्रत भने बस्ने गरेकी छैन ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture