भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
जापानमा रहेका सयौं नेपालीहरुले एकै स्थानमा भेला भएर उनीहरुको अभिनन्दन गर्दा माहोल साँच्चै भावुक बनेको थियो। अनि कार्यक्रममा सहभागी हरेक नेपालीले भावुक मुद्रामा पुनः निर्माण महाअभियानका महानायक धुर्मुस र सुन्तलीलाई अभिनन्दन गरे।
एक साता लामो जापान टुरमा निस्केका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घिमिरे‘सुन्तली’ ले गरेका सामाजिक कार्यका लागि सहयोग गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
आयोजकले एउटै स्टेजमा दुई वटा कार्यक्रम गरेको छ । जापानबासी नेपालीले धुर्मुस सुन्तलीलाई उक्त स्टेजमै अभिनन्दन गरे भने धुर्मुस सुन्तली साँझ २०१७ पनि सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रमकै सिलसिलामा सहयोगीहरुबाट पनि सहयोग प्राप्त भयो। ‘धुर्मुस–सुन्तली साँझ २०१७’ यसैका लागि आयोजना गरिएको थियो र यो जापानमा नेपालीहरुले गरेका कार्यक्रम मध्ये अहिलेसम्मकै सफल कार्यक्रम रहेको आयोजकले बताएको छ।
नेपालीहरुका प्रिय कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो अभिभावकका रुपमा मान्दै आएका चर्चित प्रस्तोता दिनेश डिसी, चर्चित पप गायक दिपक बज्राचार्य र हास्य कलाकार बांगे बाको समेत कार्यक्रममा बेजोड प्रस्तुती थियो।
आयोजकका अनुसार ‘धुर्मुस–सुन्तली साँझ’ र च्यारिटी डिनर कार्यक्रमसहित जापानबाट फाउण्डेशनका लागि २८ लाख ६० हजार ८ सय ८६ नेपाली रुपैयाँ (३१ लाख ५४ हजार २ सय ४ जापानी येन) सहयोग संकलन भएको थियो । सो रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरि सकिएको छ।
कार्यक्रमको आयोजक संस्था सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित दर्शकहरुबाट उठेको १४ लाख ३० हजार २ येन बराबरको रकम सिटी एक्सप्रेसको तर्फबाट अध्यक्ष महेश श्रेष्ठले कार्यक्रम हलमै डवल गर्ने घोषणा गरेका थिए। हलमा दर्शक र सिटी एक्सप्रेसको गरी २८ लाख ६० हजार ४ येन संकलन भएको हो।
कार्यक्रममा करिब सयको हाराहारीमा स्वयंसेवक परिचालन गरिएको थियो भने अभिनन्दनका लागि सयौं नेपाली झण्डा वितरण समेत गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक हरी सापकोटाले जानकारी दिए।
गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सुरु गरिएको थियो । सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष भूपालमान श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका सल्लाहकार जिज्ञानकुमार थापा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहनसिंह घले, सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठ, सनराईज कर्पोरेशनका प्रवन्ध निदेशक हरी सापकोटा, जेनिथ रेमिटका प्रवन्ध निर्देशक नविन निउरे लगायतले कलाकारहरुलाई खादा ओढाएर अभिनन्दन गरेका थिए।
त्यस्तै कार्यक्रमबाटै धुर्मुस सुन्तलीले हिमाल, पहाड र तराई जोड्ने एकीकृत नमुना वस्ती निर्माणको अभियानलाई तिब्रता दिने बताए । धुर्मुस सुन्तलीले ३ वटा बस्ती सफलतापूर्वक सम्पन्न गरिसकेको छन्। भूकम्प गएको केही समयदेखिनै लगातार सामाजिक कार्यका सक्रिय हुदै आएका यी जोडिले काभ्रेको डाँडा गाउँमा पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा गिरान्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवास २ मा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको छ।
फाउण्डेशनले ३ वटा बस्ती सफलतापूर्वक सम्पन्न गरेर राष्ट्रलाई चुनौति दिईरहेका बेला धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले फेरि पनि अर्को परियोजनाको घोषणा गरेका छन्।
भूकम्प पछाडि उनीहरुले जापानवासी नेपालीहरुको माया र हौसला आफ्ना लागि मार्ग दर्शन भएको बताउँदै आफूहरुको चौथो प्रयासको थालनी जापानबाट गरिएको जानकारी गराए। कार्यक्रममा सहयोगको लागि आग्रह गर्दै उनले बस्तीको खाका समेत प्रस्तुत गरे। धुर्मुसले बस्तीमा पुरै नेपाल देखिने भन्दै एउटा पर्यटकीय स्थल बनाउने सपना देखेको धारणा ब्यक्त गरे।
उता धुर्मुस सुन्तली साँझ २०१७ मा मुख्य प्रायोजकको रुपमा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको लक्की ड्रमा ३० जना विजेताले १२ पटक नेपाल पैसा पठाउन पाउने भएका छन्।
कार्यक्रम हेर्न उपस्थित भएका दर्शकहरुको अर्धकट्टी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निकालेका थिए । अर्को सिटी ट्राभलले एक जनालाई नेपाल जापान आउने हवाई टिकटको लक्की ड्र समेत गरेको थियो। सो लक्की ड्रको विजेता रमेश केसी भएका थिए।
कार्यक्रमको क्रममा विजेता केसीलाई सिताराम कट्टेल ‘धुर्मुस’, सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ र सिटी ट्राभलका म्यानेजर दिनेश केसीले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए।
धुर्मुस सुन्तली साँझको टिकट खरिद गर्नेहरुले टिकट लिएर आएमा एक पटक सर्भिस चार्ज फ्री पाउने भएकोले सिटी एक्सप्रेसको काउन्टरमा सम्पर्क गर्न सकिने सिटी एक्सप्रेसका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
Loading...
No comments:
Post a Comment