• Breaking News

    Wednesday, May 3, 2017

    किन ऋण बोकेर फर्किन्छन् विदेश पुगेका महिला, यो दर्दनाक कथा

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    पथरी, २० वैशाख, भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर आकाशको जून झारिदिने सपना देखाएका पे्रमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक (कटुवाल) विना योजना र तयारी वैदेशिक रोजगारीमा कुवेत हानिइन् ।

    न त भाषाको ज्ञान थियो । न कुनै तालिम र सीप नै हातमा थियो । जीवनभरि सँगै जिउने प्रतिज्ञा गरेको आफ्नै पतिदेवले राक्षसी रुप देखाएपछि दुर्गाका लागि आफ्नोे भन्ने संसारमा कोही नभएको महसुस भयो ।

    आफैले रोजेर उपल्लो जातको केटासँग गएका कारण माइती र आफन्तजनमा पनि दुर्गालाई हेर्ने दृष्टिकोण सच्चिन सकेको थिएन ।

    छोरीले आफ्नै ढङ्गले दुःख पाई भन्ने बाबुआमाको बुझाइ थियो । १५ र १३ वर्षका दुईजना छोरा भए पनि उनीहरू आमालाई न्याय दिलाउन सक्ने भइसकेका थिएनन् ।

    गाउँकै साहुसँग रु ४५ हजार ऋण काढेर उहाँ २०६५ साल असारमा भारतको मुम्बईबाट कुवेत पुग्नुभयो । त्यो पनि निक्कै कष्टका साथ । तर उहाँको पैसा कमाउने सपना पानीको फोका झैँ बन्यो ।

    केटाकेटी स्याहार्ने कामका लागि कुवेत पुगेकी दुर्गा भन्छिन्, ‘२२ दिन बसेँ, काम सजिलै थियो, तर पैसाको अनुहार देख्न पाइएन । खान पेटभरि पाइन ।’

    भाषा नबुझेपछि जहिल्यै गाली गरेजस्तो मात्र लाग्यो । बिहानले दिनभरको सङ्केत दिन्छ भने झैँ दुर्गाले कुवेतमा पैसा कमाउने आशा मारिन् र आफ्नै देशमा पाखुरा बजार्ने दृढ सङ्कल्प गरिन् ।

    तर अमिरको घरबाट निस्केर हिँड्न झनै गाह्रो थियो । बजार जाने बहाना बनाएर उनी आफ्नो झिटीझाम्टी सबै छोडेर नेपाल फर्किइन् । मात्र एकसरो लुगामा, त्यो पनि कहिल्यै पेटभरि खान नपाई ।

    दुर्गा त प्रतिनिधि पात्र मात्र हुन् । दुर्गाजस्ता धेरै आमा गरिबी, घरेलु हिंसा र पारिवारिक अपमान लुकाउन वैदेशिक रोजगारमा जाने गरेका छन् ।

    तर सीप, तालिम र भाषाको ज्ञान नहुँदा झनै ठूलो पीडाको भारी बोकेर स्वदेश फर्किरहेका छन् उनीहरू ।

    विसं २०६६ साल साउनमा मोरङको केरौन–६ की कल्पना ओझा पनि झोलाभरि पैसा बोकेर आउने सपना लिएर लेबनान गइन् ।

    तीन महिनामा एक रुपैयाँ पनि कमाई नभएपछि कल्पनाको सपना तासको महल झैँ ढल्यो । साहुले रोगी र काम गर्न नसक्ने भन्दै निकालिदियो ।

    त्यसपछि अर्को घरमा सरेको बताउँदै कल्पना थप्छिन्–‘मलाई रक्तस्राव भयो । २८ दिनसम्म उपचार पनि गरायो । निको भएपछि उसले पनि घरमा नराख्ने भयो ।’

    अर्काको देश, न भाषा बुझ्नु, न भेषमा मिल्नु, वैदेशिक रोजगार नै घाँडो भयो कल्पनालाई ।

    स्वदेश फर्कन पाए गिट्टी कुटेर खाने हिम्मत पलायो उनमा । खाडी राष्ट्रमा भारतीय बाटो गरेर अवैधरुपमा पुगेका महिलालाई घर फर्कने कानुनी प्रक्रिया अप्ठ्यारो छ । उनी १८ दिनसम्म जसले लगेको हो उसैको त्यहाँको सम्पर्क कार्यालयमा बसिन् पाउरोटी र पानीको भरमा ।

    कार्यालयमा धेरै जिद्दी गरेपछि उनी नेपाल त फर्किइन् तर झनै ठूलो ऋण बोकेर ।

    नेपाल फर्किंदा उनलाई एक लाख रुपैयाँ ऋण लागिसकेको थियो । रासस
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture