• Breaking News

    Tuesday, May 9, 2017

    प्रहरीले गुन्डागर्दीमा संलग्न चक्रे मिलन लाई राजधानीबाट आज पक्राउ

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    समाचार  प्रहरीले गुन्डागर्दीमा संलग्न चक्रे मिलन लाई राजधानीबाट आज पक्राउ
    प्रहरीले गुन्डागर्दीमा संलग्न चक्रे मिलन लाई राजधानीबाट आज पक्राउ


    काठमाडौँ, २६ वैशाख । प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट आज पक्राउ गरेको छ ।

    महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई आज महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एव्म प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।

    उहाँले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताउनुभयो । यही वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरीले धमाधम राजधानीका गुन्डागर्दीमा संलग्नलाई पक्राउ गर्दै आएको छ ।

    गत आइतबार गुन्डागर्दीमा संलग्न राजीव गुरुङ (दीपक मनाङ्गे)लाई पनि प्रहरीले पक्राउ गरेको थियो । रासस
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture