• Breaking News

    Wednesday, May 3, 2017

    टाउकोमा गोली लागेको थियो बिन लादेनको उनलाई टाउकोमा ताकेर ३ गोली हानिएको थियो (भिडियो सहित )

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेनको टाउकोमा तीन गोली हानेको दावी गर्ने अमेरिकी पूर्व नेवी सिल्ड कमाण्डो रोबर्ट ओ नीलले अर्को आश्यर्चजनक खुलासा गरेका छन्।
    उनले भर्खरै सार्वजनिक आफ्नो किताब ‘दि अपरेटरः फायरिङ द सर्टस द्याट किल्ड बिन लादेन’ मा आफूले हानेको गोलीले लादेनको टाउको फुटेको र पछि अनुसन्धानका क्रममा पहिचानका लागि पुनः टाउको जोडेको दावी गरेका छन्।
    उनले केही मिटरको दुरीबाट आफूले बिन लादेनलाई गोली हानेको पनि दावी गरेका छन्। ओ नीलले आफ्नो किताबमा सन् २०११ को मे २ तारिखमा पाकिस्तानको एबोटाबादमा बिन लादेनविरुद्ध गरिएको अपरेशनको विस्तृत जानकारी पनि दिएका छन्।
    ओ नीलले एबोटाबादमा बिन लादेन बसेको घरमा आफूहरु प्रवेश गर्दा दोस्रो तल्लामा लादेनका छोरा खालिद एके–४७ बोकेर बसेको र उनलाई देख्ना साथ अमेरिकी कमाण्डो दस्ताले गोली हानेर सुरुमा उनलाई मारेको बताएका छन्। यसपछि लादेनको खोजी गरिएको किताबमा उल्लेख छ।उनले लादेन तेस्रो तल्लामा बसेको आशंका सुरुमै आफूहरुलाई भइसकेको र आत्मघाती ज्याकेट लगाएको हुन सक्ने सम्भावनाका बीच सर्तकताका साथ अपरेशन सुरु भएको बताए। ‘खतराको आभाष पाएपछि उसले आफूलाई उडाउन सक्ने सम्भावना थियोँ। तर पनि म ऊ नजिकै जान चाहन्थँे,’ उनले लेखेका छन्,‘एउटा कोठामा आवाज आइरहेको थियाँे। जब म कोठा भित्र प्रवेश गरेँ। ऊ पलंग नजिकै थियोँ। उसको अगाडि एक महिला थिइनँ। जसको काँधमा लादेनले आफ्नो हात राखेको थियोँ। मैले मौका गुमाइनँ। ताकेर दुई गोली लादेनलाई हानेँ। ऊ ड्ङर्ङ भूइँमा लड्योँ। उसको टाउको फुटिसकेको थियाँे। अर्को गोल पनि टाउकोमा हानेँ।’
    लादेनविरुद्धको अपरेशन मध्यरातमा भएको थियो। किताबको दावीअनुसार लादेनविरुद्ध अपरेशनमा ६ कमाण्डो र सपोर्टिङ स्टाफ समावेश थिए। किताब सार्वजनिक भएपछि विवाद पनि बढेको छ।
    अपरेशनमा जानु पूर्व नेवी सिल कमाण्डोको लागि पहिले नै एउटा नियम बनाइएको थियो, जसअनुसार उनीहरुले आफ्नो कार्यकाल अवधिमा अपरेशनसँग जोडिएका तथ्य कुरा उजागर गर्न नपाउने छ। यसअघि पनि लादेनको अपरेशनलाई लिएर एउटा किताब सार्वजनिक भइसकेको छ। त्यो किताब अपरेशनमा सहभागी अर्का कमाण्डो मार्क बिसोनेटले सार्वजनिक गरेका थिए।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture