भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
वीर्य स्खलन कसरी हुन्छ ?
यौन उत्तेजनालाई निरन्तरता दिएपछि व्यक्ति चरमसुखको स्थितिमा पुग्छ र त्यसकै हाराहारीमा लिङ्गबाट एक किसिमको सेतो पदार्थ निस्कन्छ जसलाई हामी वीर्य भन्छौं । पुरुषहरूको हकमा चरमसुख प्राप्त गर्ने कुरा दुई चरणमा पूरा हुन्छ । सुरुमा आन्तरिक अङ्गहरू खुम्चने–फुक्ने क्रम सुरु हुन्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । उक्त अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले प्वाइन्ट अफ नो रिटर्न{ (point of no return) मा पुगेको भनिन्छ । त्यसपछि मूत्रनली, लिङ्ग तथा पौरुष ग्रन्थिको खुम्चने–फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि गतिका साथ बाहिर निस्कन्छ । वीर्य लिङ्गको मूत्रद्वारबाट बाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भन्छौं ।
तपाईंलाई थाहा होला, मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने त्यसमा पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम । रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । माथि नै भनिसकियो कि अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा यिनै रसका साथसाथै बाहिर निस्कन्छन् ।
तपाईंको स्थिति के हो ?
पहिलो कुरा त तपाईंको वीर्य स्खलन हुँदैन । यौनसम्पर्क वा हस्तमैथुनको माध्यमबाट सक्दो उत्तेजित भएर पनि वीर्य स्खलन नहुने स्थितीलाई चिकित्सा विज्ञानमा एनइज्याकुलेसन (anejaculation) भनिन्छ । कहिलेकाहीं आफूले चाहेको बेला पनि वीर्य स्खलन नहुने समस्या धेरै पुरुषले भोगेका हुन्छन् । वीर्य स्खलन नहुनुलाई कतिपयले लिङ्ग उत्तेजना नहुने समस्यासँग पनि जोड्छन् तर त्यो अर्कै समस्या हो । यस्तो अवस्थामा भने व्यक्तिको यौनेच्छा सामान्य हुन्छ, यौनका दृष्टिले उत्तेजित पनि हुन्छ, लिङ्गको उत्तेजना पनि राम्रैसँग हुन्छ र यौन उत्तेजनालाई निरन्तरता दिएको स्थितिमा यौन चरमसुख पनि प्राप्त हुन्छ, तर चरमसुखको हाराहारीमा वीर्य निस्कँदैन अर्थात् वीर्य स्खलन हुँदैन । त्यसपछि अन्य व्यक्तिजस्तै चरमसुखपछि लिङ्गको उत्तेजना कम हुन्छ र पुरानै अवस्थामा फर्कन्छ ।
वीर्य ननिस्किए पनि एक थरीले यौन चरमसुख सहजै प्राप्त गर्न सक्छन् भने अर्को थरीले चरमसुख प्राप्त गर्दैनन् । वीर्य ननिस्किए पनि कतिपयले सामान्य रूपमै यौन चरमसुखको अनुभूति गर्ने भएकाले कतिपय व्यक्तिले यसलाई त्यति चासो तथा चिन्ताको विषय बनाउँदैनन्, तर कतिपय पुरुषलाई सन्तान जन्माउन सक्छु कि सक्दिन भन्ने चिन्ताले पिरोल्छ । विवाह अनि सफल विवाहित जीवनको कुरा पनि यसैसँग सम्बन्धित हुन्छ ।
यौन चरमसुखको तुरुन्तै पछिको पिसाब परीक्षण गरेर कुनै पनि शुक्रकीट नभेटिएको स्थितिमा त्यसलाई वास्तविक रूपमै (anejaculation) भन्न सकिन्छ । यदि पिसाबको परीक्षण गर्दा शुक्रकीट भेटिए त्यसले) retrograde ejaculation भएको जनाउँछ, अर्थात् वीर्य स्खलित बाहिरतिर नभै मूत्रथैलीतिर गएको हुन्छ । यस्तो स्थितिमा पिसाबको रङ्गमा वीर्य मिसिएकाले पिसाबमा धमिलोपन देखिन्छ । कहिलेकाहीं अति नै थोरै मात्रामा वीर्य स्खलन हुने व्यक्तिमा पनि वीर्य नै नआएजस्तो लाग्न सक्छ, विशेष गरी योनिभित्र वीर्य स्खलन भएको स्थितिमा ।
यौन चरमसुख तथा वीर्य स्खलन दुवै सँगसँगै हुने भएकाले यो एउटै कुरा हो जस्तो लाग्छ, तर हामीले यौन चरमसुख प्राप्त गर्ने र वीर्य स्खलन हुने प्रक्रिया एकदमै फरक हुन्छन् । हामीले के बुझ्नुपर्छ भने कतिपय व्यक्तिले वीर्य स्खलन भएको स्थितिमा पनि चरमसुख प्राप्त गर्दैनन् । त्यसैगरी कतिपय व्यक्तिले माथि भनिएजस्तै वीर्य स्खलन नभएको स्थितिमा पनि चरमसुख प्राप्त गर्छन् ।
समाधान के होला ?
वीर्य ननिस्कने कारण मानसिक तथा शारिरीक दुवै हुन सक्छन् । कतिपय कारण परिस्थितिजन्य पनि हुन सक्छन् । तपाईंले कुनै शल्यक्रिया गरेको, चोटपटक लागेको, स्नायुसम्बन्धी कुनै खराबी भएको वा त्यससँग सम्बन्धित अन्य कुनै कुरा उल्लेख गर्नुभएको छैन । यसको समाधान वा उपचारको कुरा पनि कारणमै भर पर्छ, तर कतिपय जोडीले यौनसम्पर्क सुखमय हुन वीर्य स्खलन हुनैपर्छ भन्ने अपेक्षा राख्छन् । कहिलेकाहीं मात्रको कुरा हो भने वीर्य स्खलन भएन भनेर चिन्ता गर्नु पर्दैन । केही परिस्थितिमा वीर्य स्खलन ढिला हुन वा समय लाग्न सक्छ । हामी मानव यन्त्र होइनौं, त्यसैले
सधैं एकनासको परिणाम नआउन सक्छ ।
चरमसुखसम्म पुग्न नसकेको स्थिति, यौन जोडीको सम्बन्धमा चिसोपन, यौनसम्बन्धी कुरामा आफैंभित्र पनि द्वन्द्वको स्थिति हुनु, रिस, आवेग, तनाव, चिन्ता, यौनसम्बन्धी कुरामा धार्मिक वा सामाजिक कारणले ग्लानि हुनु, यौनसम्बन्धी धारणा, रोग लाग्ला वा गर्भ रहला भन्ने भय, वीर्यलाई दूषित पारिने भयजस्ता कतिपय मानसिक कारणले वीर्य स्खलन नहुन सक्छ । मानसिक कारणले यौन सम्पर्कका बेला वीर्य स्खलन नहुने व्यक्ति निदाएको बेलामा भने (स्वप्नदोष वा भनौं यौन सपना देख्दा) भने वीर्य स्खलन राम्रैसँग हुन्छ । सन्तान जन्माउनैपर्ने विषय प्रमुख होइन भने यस्तो बेला यौन मनोवैज्ञानिकसँग परामर्श लिनु लाभदायक हुनसक्छ । शारीरिक कारण भए चिकित्सकको सहयोगमा उपचार गराउनुपर्छ । पौरुष ग्रन्थिको संक्रमणको उपचार गर्न सकिन्छ । मूलनलीमा संरचनागत अवरोध आएको स्थितिमा अर्थात् साँघुरो भएको स्थितिमा शल्यक्रियाबाट केही फाइदा मिल्छ । केही परिस्थितिमा चिकित्सकको सल्लाहमा औषधीको सेवन गर्नुपर्ने पनि हुनसक्छ ।
Loading...
No comments:
Post a Comment