भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
दुई वटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिनुभयो ।
घटनामा परी बालबालिकासहित ११ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । प्रत्यक्षदर्शीहरुले दुर्घटनापछि दुवै बसका यात्रुहरु चिन्नै नसकिने गरी जलेको बताएका छन् ।
सडक दुर्घटनामा परी धेरै जनाको मृत्यु हुने देशहरुमध्ये नाइजेरिया विश्वमै अग्रपङ्क्तीमा पर्दछ ।
सडकको अवस्था नाजुक, राम्रोसँग मर्मत नगरिएका सवारीसाधान, ट्राफिक नियमको उलङ्घन, चालकहरुको हेलचक्रयाइँ र अनुगमनको अभावका कारण दुर्घटना धेरै हुने गरेको अधिकारीहरुको भनाइ छ ।
Loading...
No comments:
Post a Comment