भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
इलाका प्रहरी कार्यालय पथरीले अाफ्नाे क्षेत्रका हाेटलहरूमा सादा पाेशाकका प्रहरीहरू परिचालन गरी पथरी बजारस्थित खाेटांगे हाेटलकि सञ्चालिका सहित ५ जना याैनकर्मि महिलाहरूलार्इ पक्राउ गरी कानुनी कार्वाही अघि बढाएकाे छ ।
अाफ्नाे क्षेत्रमा हुनेगरेका अवैध यौनधन्दा तथा वेश्यावृतिलाई रोकथाम तथा नियंत्रण गर्न प्रहरीले थालेका बिशेष अपरेसन अन्तरगत गत बैशाख २२ गते पथरीबजार स्थित खाेटांगे हाेटलमा छापा मार्ने क्रममा हाेटल सञ्चालिका३४ बर्षिया सुनिता राइ सहित ५ जना याैनकर्मि महिलाहरूलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ परेका याैनकर्मी महिलाहरूका अनुसार हाेटल सञ्चालिकाले फाेन गरेर बाेलार्इ ग्राहककाे काेठा सम्म पूर्याइदिने गरेकाे प्रहरीकहा बयान दिएका छन । उनिहरू करिब २ बर्षदेखी याैन पेसामा अावद्ध रहेकाे पनि प्रहरीले बताएकाे छ ।
पथरी बजारका हाेटलहरूमा प्रहरीले नियमित चेकजाच गर्न थालेपछि हदै मात्रामा निर्मुल हुदै गएकाे याैन धन्दा पछिल्लाे समय केही हाेटल सञ्चालकहरूकाे फटाइका कारण प्रहरीकाे अभियानले सफलता पाउन नसकेकाे इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख राजन कार्कीले बताए । यता प्रहरी नियन्त्रणमा रहेका याैनकर्मी महिलाहरू समेत फाेनमा हाेटल सञ्चालकहरूले बाेलाएकाे अाधारमा अाउने गरेकाे प्रहरीलार्इ बताएका छन ।
हाेटल सञ्चालक एवम सञ्चालिकाले माेवाइलमा सम्पर्क गरी बाेलाउने र ग्राहकहरूकाे काेठा सम्मै पुर्याइदिने गरेकाे पक्राउ परेका याैनकर्मी महिलाहरूले बताएका छन । बैशाख २२ गते पनि ग्राहकहरूकाे काेठामा लैजाने तयारी गर्दै गरेकाे प्रहरीले सुराकी पाएपछि हाेटल सञ्चालिका सहित ५ याैनकर्मी महिलाहरूलार्इ प्रहरीले नियन्त्रणमा लिन सफल भएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका हाेटल सञ्चालिका रार्इ र चार याैनकर्मीहरूबिरूद्ध अावस्यक कार्वाहि प्रकृया अघि बढाइउकाे इलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ ।
साभार :- purbelinews
Loading...
No comments:
Post a Comment