• Breaking News

    Saturday, May 20, 2017

    ट्रम्पको पहिलो भ्रमण साउदी

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    जेष्ठ ७, २०७४- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आठदिने विदेश भ्रमणको सुरुवात साउदी अरबबाट गरेका छन् । साउदीको यो भ्रमणलाई इस्लामिक देशसँगको अमेरिकाको सम्बन्ध सुधार्ने अवसरका रूपमा लिइएको समाचार एजेन्सी सिन्हवाले जनाएको छ । उनी शनिबार साउदी अरब पुगेका हुन् ।

    बीबीसीमा अनुसार ट्रम्पले आइतवार रियादमा ४० भन्दा बढी मुस्लिम देशका नेताहरूको सहभागिता रहने र एक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । शनिबार रियाद पुगेका ट्रम्पलाई भव्य स्वागत गरिएको छ । उनले साउदी अरबका राजा सल्मान र राजपरिवारका अन्य सदस्य लगायतलाई भेट्नेछन् । ट्रम्पले श्रीमतीसहित राजा सल्मानलाई भेट गर्नेछन् । उनले दुई शक्तिशाली युवराज र शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ । साउदी अरबको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान उनलाई रातो कर्पेटसहित स्वागत गरिएको थियो । आठदिने विदेश भ्रमणका क्रममा ट्रम्प इजरायल, प्यालेस्टाइनी भूभाग, ब्रसेन्ल, भ्याटिकन र सिसिली पुग्ने बीबीसीले जनाएको छ । उनी श्रीमती मेलानिया, छोरी इभान्का, उनका श्रीमान् र मन्त्रिपरिषद्का सदस्यहरूसहित छन् ।

    अमेरिकामा गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा रूसको संलग्नता रहेको भन्ने आरोपबारे छानबिन गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गरिएलगत्तै उनी साउदी अरब भ्रमणमा निस्केका हुन् । रूसको हस्तक्षेप भएको भनिएको विषयमा छानबिन गर्न संघीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रूपमा नियुक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआईका प्रमुख थिए । ट्रम्पले एफबीआईका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेपछि उमलरलाई नियुक्त गरिएको थियो ।



    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture