• Breaking News

    Thursday, May 18, 2017

    गोरखामा बाबुरामको नयाँ शक्तिलाई नमज्जाले उछिन्दै काँग्रेसको बिजयी

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    पालुङटार (गोरखा), ४ जेठ । पालुङटार नगरपालिकाका प्रमुखमा नेपाली काँग्रेसका दीपकबाबु कडेँल विजयी हुनुभएको छ ।

    कडेँलले चार हजार छ सय ९८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का विवश चिन्तनले चार हजार चार सय ९१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    चार हजार चार सय ९४ मत प्राप्त गरी माओवादी केन्द्रकी पम्फा बसेल उपप्रमुखमा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार एक सय ९६ मत प्राप्त गनुभएको थियो । प्रमुख पदमा विजयी कडेँल पेसाले सिभिल इञ्जिनियर हुनुहुन्छ ।

    नयाँ शक्ति पार्टी तेस्रो स्थानमा छन् । सो पार्टीले वडा नं १, ४ र ५ मा विजयी हासिल गरेको छ ।

    यस्तै माओवादी केन्द्रले पालुङटार वडा नं २, ६, ८ र १० मा, काँग्रेसले वडा नं ३ र ९ मा तथा नेकपा (एमाले)ले वडा नं ७ मा विजय हासिल गरेको छ । प्रमुखमा विजयी भएपछि पत्रकारसँगको सङ्क्षिप्त कुराकानीमा कडेँलले पालुङटार नगरपालिकालाई समृद्ध बनाउन आफू लागिपर्ने बताउनुभयो ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture