भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
कन्सर्टअघि उनीसम्बन्धी एउटा कुरा चर्चामा आइरहेको छ । गायकले हालसालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो सेयर गरेका थिए, जसमा उनले आफ्नो फेरिएको स्किन टोनको प्रसंग निकालेका छन् ।
उनले पहिला र अहिले लेखेर दुई फरक तस्बिर पोस्ट गरेपछि एक किसिमको हलचल मच्चिएको छ । उनले लेखेका छन्, ‘मलाई योसँग प्रेम छ, किनभने यसले मलाई म कहाँ हुनुपर्ने भन्नेबारे याद दिलाइरहन्छ । भगवान्प्रति आभारी छु कि म त्यो अवस्थामा अब छैन ।’ जस्टिनको यस्तो अभिव्यक्तिबाट उनले सर्जरीमार्फत आफ्नो अनुहारको रङ बदलेको अड्कल गर्न थालिएको छ ।
माइकल ज्याक्सनले झैं जस्टिनले पनि छालाको रङ फेरेको भन्दै भारतीय सञ्चार दुनियामा हल्लीखल्ली सुरु भएको छ । माइकलले भने सुरुमा नाकको मात्रै सर्जरी गराएका थिए ।
यसैबीच, सोमबार भारत आइपुगेका जस्टिनले करण जौहरको कार्यक्रममा भाग लिने खबर पनि सुन्नमा आएको छ । यो सत्य हो भने भारतीय सञ्चारमाध्यममा जस्टिन जस्ता प्रख्यात सेलेब्रिटी आएको पहिलोपटक हुनेछ ।
उनको कन्सर्टलाई लिएर पनि भारतमा अनेक प्रचारप्रसार भइरहेका छन् । खबरमा बताइए अनुसार, कन्सर्टको टिकट मूल्य ५ हजार भारुदेखि माथि छ । सबैभन्दा महँगो टिकटचाहिँ ७५ हजार भारुको रहेछ ।
२३ वर्षे जस्टिनको सोमा सलमान खान अतिथिका रूपमा उपस्थित हुनेछन् भने सोनाक्षी सिन्हाले प्रस्तुति दिनेछिन् । त्यति ठूलो सोमा सोनाक्षीजस्ती पार्टटाइम सिंगरलाई उतारेको भन्दै बलिउडमा जमेका केही गायकगायिकाले विरोध पनि गरेका छन् ।
Loading...

No comments:
Post a Comment