• Breaking News

    Sunday, May 21, 2017

    भाला रोपेर, लखेटी लखेटी, तानेर निर्मम हत्या गर्ने हत्यारालाई माफि दिने दुस्साहस नगर सरकार : रवि लामिछाने

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौँ । राज्यले सरकारले र राजनीति गर्ने हरेक राजनीतिज्ञले जनतालाई आफ्नो छोराछोरी तुल्य सम्झनु सक्नु पर्छ । पैसा,पावर र स्वार्थका लागि बाबु आमाले छोराछोरीलाई बेच्छन् ? ठिक त्यस्तै । टिकापुर घटनालाई सरकार र मन्त्रीपरिषद राजनीतिक घटना भन्ने दुस्साहस गर्दैछ रे । सत्ता टिकाउन र भत्ता पचाउन गु र गोवर पनि चिन्न छोड्न भो कि क्या हो ?



    राजनीति र अपराधको परिभाषा थाहा छैन ?राष्ट्र सेवक प्रहरीहरुको छातीमा भाला रोपेर मुटु भेदन गरी विभत्स हत्या गरियो । सत्य सेवा सुरक्षणम् भन्दै अहोरात्र जनताको जीउ धनको रक्षा गर्न खटिएका ८ जना राष्ट्रसेवक मारिए । भाला रोपेर, लखेटी लखेटी, तानेर निर्मम हत्या गरीएका राष्ट्र सेवकको विधवा पत्नी र टुहुरा सन्तानको आँखामा आँखा जुधाएर भन सरकार के टिकापुर घटना राजनीतिक घटना हो ?

    आमाको काखमा रमाउँदै दुध खादै गरेका अवोध बालकको मुत्यु हँुदा बेदनाले ढलेकी र बेहोस भएकी उनकी आमाको होस अझै सम्म राम्रोसँग खुलेको छैन । यि आमाको आँखामा आँखा जुधाएर भन सरकार टिकापुर घटना राजनीतिक हो कि एउटा अमानवीय, हिंसक्र र जगन्य अपराध ?

    मधेस र थारुहरु प्रतिको विभेदको अन्त्य हुनै पर्छ । मधेसी दाजुभाइ दिदीबहिनीको जाएज माग र मुद्वालाई सत्तामा पुग्ने भ¥याङ बनाइरहेकाहरु पहिचान गर सरकार । यो देशको परिर्वतनमा मधेसले पनि तातो रातो रगत बगाएको छ ।

    तर एम्बुलेन्सबाट थुतेर लखेटी लखेटी मानिस मारेको घटना राजनीतिक होइन अपराध हो भन्न नसक्ने हुतीहाराहरु कदापी यो मुलुक र मुलुकवासीको अविभावक बन्न सक्दैनन् । २÷४ मुस्तण्डे र २ कौडीका गुण्डा र राजनीतिक दलालहरुको रक्षा गर्न सिंगै सुरक्षा बलको मनोबल नगिराउ सरकार । सत्ताको उन्मादमा ,सेटीङ मिलाएर सत्तारोहण को दाउ मात्र खोजीरहँदा न्याय म¥यो, सुसानको भद्वा मजाक बन्यो । विदेशी दलाल र २ कौडीका गुण्डाको रक्षा गर्न जरुरी छैन ।

    यो राज्यसँग दम छैन भने भनोस् ,न्याय प्रेमी जनताले कठालोमा समातेर घिसार्दै ति २ कौडीका गुण्डा दलाललाई अदालतमा उपस्थीत गराइदिन्छन् । तर अपराधीलाई राजनीतिको आवरणमा छोपेर विशेष गरी मधेस आन्दोलन र टिकापुर घटनाका दोषीको मुद्वा फिर्ता लिने निर्णयमा हस्ताक्षर गर्नु अगाडी तपाईलाई सुरक्षा दिने राष्ट्रसेवक प्रहरीको आँखामा हेर्नुहोला । तपाईलाई २४ घण्टा सुरक्षीत राख्ने त्यो राष्ट्र सेवकको मनोबल कति माथी हुनु पर्ला ?
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture