• Breaking News

    Saturday, May 20, 2017

    बलात्कारको आरोप लागेका स्वामीको दाबीः आफैंले काटेको हुँ यौनाङ्ग, कुनै कामको थिएन

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    जेठ ७ – केरलमा एक २३ वर्षीया कानूनकी छात्राले आफूमाथि विगत आठ वर्षदेखि बलात्कार गर्ने स्वामीको यौनाङ्ग काटिदिएको घटना शनिबार सार्वजनिक भएको थियो । अहिले उक्त घटनामा नयाँ कुरा सार्वजनिक भएको छ । आरोपी स्वामीले आफ्नो यौनाङ्ग युवतीले नभई आफैंले काटेको दाबी गरेका छन् । उनले आफ्नो लिङ्गको केही काम नभएपछि आफैंले काटिदिएको बताएका छन् ।

    पुलिसलाई दिएको आफ्नो बयानमा आरोपी गणेशानन्द उर्फ हरि स्वामी (५४) ले आफ्नो यौनाङ्ग उनका लागि ‘गैर जरुरी’ भएकाले आफ्नो मर्जीले यौनाङ्ग काटेको दाबी गरेका छन् ।
    केरलको कोल्लमस्थित पदमा उत्तामबी स्वामी आश्रममा बस्ने स्वामी गणेशानन्दा पीडितका बुवाको उपचारको बहानामा उनको घर आउने गरेको बताइएको छ । पिडित महिलाका अनुसार उनी १६ वर्षको हुँदा देखि नै स्वामीले उनको बलात्कार गरिरहेका थिए । उनले पछिल्लो आठ वर्षदेखि आफूमाथिको यौन शोषण सहिरहेको पनि जानकरी दिइन् । शुक्रबार राती एकपटक स्वामीले पुनः उनलाई बलात्कार गर्न खोज्दा आफूले उनको यौनाङ्ग नै काटिदिएको बताएकी छिन् ।

    धारिलो हतियारले काटियो यौनाङ्गः

    पीडितले स्वामीको यौनाङ्ग धारिलो हतियारले काटेपछि यसको जानकारी दिन पुलिसलाई आफैंले फोन गरेको बताइन् । आरोपी स्वामीको उपचार जारी छ । पुलिसका अनुसार पीडितकी आमालाई छात्रामाथि हुने गरेको यौनशोषणबारे राम्रोसँग जानकारी भएपछि उनले पुलिसमा उजुरी नदिएको भनी उनलाई पनि पक्राउ गरेको छ ।

    छात्राले काटिन् स्वामीको यौनाङ्ग, ८ वर्षदेखि गरिरहेका थिए
    मुख्यमन्त्रीले गरे छात्राको तारिफः

    केरलका मुख्यमन्त्री पी. विजयनले छात्राको बहादुरीको तारिफ गरेका छन् । मुख्यमन्त्रीले छात्रालाई एक बहादुर युवतीको संज्ञा दिएका छन् । छात्राले आफ्नो दोषीलाई आफैं सजायँ दिएको कुरा ठिक भएको पनि उनले बताएका छन्
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture