• Breaking News

    Tuesday, May 9, 2017

    श्रीमान विदेश हुँदा परपुरूषसँग सम्वन्ध ! यसरी गयो लक्ष्मीको ज्यान

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    २६ बैशाख, काठमाडौं ।  कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् ।


    लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा बसेका थिए । तर, युवक राति नै एयरपोट जान्छु भन्दै हिँडे भने भोलिपल्ट विहान लक्ष्मी मृत अवस्थामा भेटिइन् ।

    अनुसन्धानका क्रममा प्रहरीले मंगलबार सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका – ५ घर भएका ५१ वर्षका बद्रीप्रसाद तिमल्सिनालार्इ पक्राउ परेको छ ।

    प्रहरीका अनुसार मृतक लक्ष्मीका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएका छन् । र, उनको बद्रीसँग करिब १८ महिना पहिला फोनमार्फत चिनजान भएको थियो, जतिबेला बद्री साउदीमा थिए ।

    त्यसपछि उनीहरूको सम्वाद बाक्लिँदै गयो । घर परिवारका अन्य सदस्यहरुले थाहा नपाउन भनेर उनी प्राय गोठमा गएको बेलामा बद्रीसँग कुराकानी गर्थिन । बद्रीप्रसाद गत चैत २० गते नेपाल आए ।

    लक्ष्मी र बद्रीविच दुई पटक काठमाडौंमै भेटघाट भएको र होटलमा गई बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूबीच  अर्थिक लेनदेन समेत थियो ।

    पछिल्लो पटक उनीहरूबीच बैशाख २३ गते कोटेश्वरमा भेट भएको थियो । उनीहरू त्यही रात गेष्ट हाउसमा गए तर, लेनदेनको विषयमा विवाद भयो । त्यही क्रममा लक्ष्मीलाई सलको पासोले घाँटी कसेर हत्या गरे र, उनीसँग भएको सुनको सिक्री, औंठी टप लगातर लुटेर भागे । होटल सञ्चालकले शंका नगरोस् भनेर तीन जनालाई खाना अर्डर गरि आफू एयरपोर्ट जान्छु भनि हिंडेको  थिए ।

    हत्या गर्ने योजना पहिला नै भएका कारण गेष्ट हाउस नजिकैको किराना पसलबाट १० को प्लाष्टिकको डोरी समेत खरिद गरेर लगेको पाइएको प्रहरीले जनाएको छ ।

    २०७४ वैशाख २६ गते २१:१५ मा प्रकाशित
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture