• Breaking News

    Sunday, May 21, 2017

    युवतीले ५४ वर्षीया धर्मगुरुको लिंग नै काटिदिएपछि अस्पताल भर्ना

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    भारतको केरलास्थित तिरुवनन्तपुरममा श्रीहरी नामले चिनिने गणेशानन्द तीर्थपदा पारिवारिक धर्मगुरुले पटक पटक बलात्कार गरेपछि उचित मौका पारेर लिंग नै काटिदिएको पीडित युवतीले बताएकी छिन् ।

    तिरुवनन्तपुरम प्रहरी कार्यालयमा यस घटना उजुरी परेपछि केरलाका मूख्यमन्त्री पी.विजयनले ती युवतीको तारिफ गर्दै साहसिक कार्य गरेको बताए ।

    त्यस्तै, अहिले ती युवतीको कार्यलाई महिलावादीहरुले हिम्मतवाला काम गरेको भन्दै सर्मथन गरेका छन् र धर्मगुरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न मागसमेत गरेका छन् ।

    ती पीडित युवतीले आफु १६ वर्षको हुँदादेखि गुरुले यौन शोषण गर्दै आएपनि परिवारलाई भन्दा नपत्याउने डरले गर्दा त्यस्तो गर्नु परेको प्रहरीमा बयान दिएकी छिन् । उनले प्रहरीलाई दिएको जानकारीअनुसार शनिबार (हिजो) घरमा कोही नभएको मौका पारी गुरुले बलात्कार गर्ने कोशिस गरेपछि उनले लिंग काटिदिएकी हुन् ।

    अहिले श्रीहरी गुरुलाई तिरुवनन्तपुरम मेडिकल कलेजमा भर्ना गरिएको छ । अस्पतालले उनको लिंग पुनः प्रत्यारोपण गर्न नसकिने र स्वास्थ्य सामान्य रहेको उल्लेख गरेको छ । प्रहरीले अस्पतालमा लिइएको बयानमा श्रीहरीले आफुलाई लिंगको कुनै आवश्यकता नभएकोले आफैले काटेको बताएका छन् ।

    प्रहरीले उनी पनमना आश्रमका सदस्य रहेको जानकारी दिएपनि उनी सन्यासी नरहेकोे उक्त आश्रमका सचिव गिरीष कुमारले बीबीसीलाई बताएका छन् ।

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture