भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
जेष्ठ ४, २०७४- कतारको ओम सलाल अलीस्थित कतारी सेनाको भवन निर्माणका क्रममा दुर्घटना हुँदा नेपालीसहित तीन कामदारको मृत्यु भएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा केही घाइते भएका छन् ।
मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूतावासले जनाएको छ । घटनामा अर्का एक नेपाली गंगाराम चौधरी घाइते भएका छन् । सामान्य घाइते भएकालाई उपचार गरी क्याम्पमा पठाइसकिएको छ ।

अल बन्दरी इन्जिनियरिङ ट्ेरडिङ कम्पनीले बनाउँदै आएको उक्त भवनमा अन्य कम्पनीका कामदारसमेत थिए । मृत्यु हुने अन्य दुईमा फिलिपिनी र भारतीय छन् । उक्त आयोजनाभित्र ठूलो संख्यामा कामदारहरू कार्यरत थिए । घटनामा मृत्यु हुनेलाई उचित क्षतिपूर्ति दिइनुका साथै कार्यस्थलमा सुरक्षाको मापदण्ड उच्च स्तरको कायम गर्ने कतारको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
No comments:
Post a Comment