भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
चर्चाको केन्द्रमा पर्नुको अर्काे कारण भने तीन वर्षअघि काठमाडौंको नयाँ बानेश्वरबाट चुनाव लडेकी रेणु दाहाललाई मेयरको उमेद्वार बनाइएको छ । जो, माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री हुन् । अझ, रोचक त लगातारको मत परिणाम हो । अहिलेसम्म संसदको पहिलो दल कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालको प्रमुख चासो र जोडका बीच पनि नेकपा एमालेका उमेद्वार देवी ज्ञवालीको अग्रता कायमै छ । यसकारण पनि भरतपुरतिर आमसाधरणको ध्यान खिचिएको छ ।
आखिर को हुन्, देवी ?पहिलो पटक नाम सुन्ने धेरैले महिला हुन् कि भन्ने अनुमान काट्छन् । तर, नेकपा एमाले जन्मनु भन्दा दुई दशक पहिले नै संगठित भइसकेका व्यक्ति हुन्, देवी । जसकारण एमालेभित्र उनी नचिनिएको नाम होइन । ०१९ असार ११ गते पवर्तको रानीपानीमा जन्मिएका देवी ०३० को पेरिफेरीबाट पुष्पलाल समूहको बाल सांस्कृतिक समूहमार्फत् कम्युनिस्ट आन्दोलनमा होमिएका हुन् ।
हाल भरतपुर महानगर चार नम्बर वडाका स्थायी देवी ०३२ मा ०३२ मा चितवन झरेका हुन् । त्यसयता लगातार भरतपुर केन्द्रीत भएर राजनीतिमा क्रियाशील देवीको राजनीतिक यात्रामा कतै ब्रेक लागेको छैन ।
०३४ मा रेड गार्डको सदस्य, ०३५ मा बामपन्थीहरुको युवक संगठन युथ लिगको सचिव, ०३६ मा अनेरास्ववियु पाँचौंको संस्थापक जिल्ला अध्यक्ष, ०३८ मा पार्टीको संगठित सदस्यता लिएर मकवानपुरको पूर्व भाग हेर्ने जिम्मेवारी सम्हाले ।
यसपछि ०४६ मा बारा जिल्ला कमिटी सचिव, ०४७ मा नेकपा मालेको चितवन सचिव, ०५० मा एमाले नारायणी अञ्चल सचिव बने । ०५९–६१ सम्म चितवन जिल्ला प्रमुख र ०६५ को आठौं राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय कमिटी सदस्य बने । तर, ०७० को नवौं महाधिवेशनबाट भने उनी पराजित भए र हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् ।
उपमेयरले दिएको हाई–हाई०५४ को स्थानीय चुनावमा देवी ज्ञवाली भरतपुर नगरको उपमेयर निर्वाचित भए । यो चुनावपछि भरतपुरमा जे काम गरे, त्यसबाट उनी प्रिय बने । ठूलो आश्वासन नदिने र बोलेको कुरा पूरा गर्ने बानीले उनी जनताबीच मन पराइए ।
तर, दुर्भाग्य ०६४ को संविधानसभामा माओवादीको देशव्यापी लहरबाट उनी बच्न सकेनन् । चितवन ३ नम्बर क्षेत्रबाट पराजित भए । ‘पराजित भएपनि राजनीतिमा उहाँले इमान छोड्नु भएन’, उनी पत्नी बिमला ज्ञवाली भन्छिन्, ‘भरतपुरको खूशी बाहेक अरु सपना उहाँसँग छैन ।’
मत माग्ने क्रममा देवीको उद्घोष थियो, ‘म एमालेको मात्रै मेयर बनिरहेको छैन । सबैको बनिरहेको छु । यो भूमी र माटोका लागि पसिना बगाउँछु ।’ भरतपुरलाई महानगर बनाउन समेत महत्वपूर्ण भूमिका खेलेको भनेर देवीलाई स्थानीयले चिनेका छन् ।
को बलियो ?प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा आफैं सहभागी भएर रणुका पक्षमा भरतपुरमा मत मागे । ज्ञवाली भन्छन्, ‘चुनाव भरतपुरका जनताहरुबीच भइरहेको छ । देशको प्रधानमन्त्री र केन्द्रको सभापतिबीच होइन ।’
ज्ञवालीको विश्वास छ– जनताले विवेक गुमाएको छैन । आफ्नो प्रतिनीधि दबावमा छान्दैनन् । ज्ञवाली निष्कर्षमा पुग्छन्– भरतपुरका जनताले मलाई मेयरका रुपमा रोजिसके ।
-Source: Dainikheadlines.com
Loading...

No comments:
Post a Comment