भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
सुरजले बिरामी भएको बताएपनि कम्पनीले भने एक हप्ता सम्म बिनाजानकारी काममा नआएको आरोप लगाएको छ । काठमाडौं सिनामङ्गल स्थित अल अयूनि ओभरसिज म्यानपावर कम्पनीका म्यानेजर राम चौधरीले भने सुरजले कम्पनीसँग माफि माग्नु पर्ने बताउनुभयो । सुरजले माफि माग्दै अब यसो नगर्ने बताएपछि कम्पनीले कागजात फिर्ता दिएर काममा लगाउने उहाँको भनाई छ ।
सुरज तीन महिना पहिले ८० हजार रुपैयाँ तिरेर हेल्परको काममा साउदी जानुभएको हो । तर उहाँलाई जानेबेला म्यानपावर कम्पनीले सञ्चार कम्पनी हो, इन्जिनियरसँग डुल्नुपर्छ भनेको थियो । त्यहाँ पुगेपछि सुरजले बेल्चा चलाउनु पर्यो । १ हजार रियाल तलव भनेर गएका सुरजले तलव भने एक महिनाको १ हजार रियाल नै बुझ्नुभयो ।
काम गाह्रो भएकाले आफू विरामी भएको र कम्पनीका कर्मचारीलाई जानकारी गराएको बताउनु भएको छ । मेडिकल डाक्टरले नियमित औषधी खान र रेष्ट गर्न भनेपछि सुरज क्याम्पमै बस्नुभयो । ५ दिन पहिले कम्पनीले निकालेपछि आफूले खान नपाएको र अहिले अर्कै कम्पनीको क्याम्पमा नेपाली साथीहरुसँग बसिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिनभरि बाहिर बस्छु रात परेपछि साथीको कोठामा जान्छु ।’ दिउँसो सबै काममा जाँदा सुरज बाहीरै बस्नुहुन्छ र राती साथीहरु आएपछि उनीहरुसँग क्याम्पमा जानुहुन्छ ।
कम्पनीलाई घर फर्काइदे भन्दापनि २० हजार रियाल मागेको सुरजले बताउनु भयो । अकामा कार्ड बनाउन र सुरजलाई साउदी लाँदा २० हजार रियाल खर्च भएको भन्दै कम्पनीले त्यो पैसा नदिएसम्म घर पनि नपठाउने, कामपनि नलगाउने र कागजात पनि नदिने बताएको छ ।
तर म्यानपावर कम्पनीले भने सुरजलाई कारबाही गरेको र केहि दिनमै काममा फर्काउने बताएको छ । सुरजलाई कम्पनीले निकालेपछि सुरजका वुवाले म्यानपावरलाई छोरो नेपाल फर्काउन आग्रह गर्नुभएको छ । सुरजले पनि अव कम्पनीमा काम गर्न भन्दा नेपाल फर्काइदिन आग्रह गर्नु भएको छ । सुरजले भन्नुभयो, ‘काम गाह्रो रहेछ, यहाँ काम गर्न भन्दा त नेपाल नै फर्किन्छु ।’
सुरजको घरमा बुवा, दाइ, श्रीमती र एक छोरा छन् ।
Loading...

No comments:
Post a Comment