• Breaking News

    Wednesday, May 10, 2017

    दोलखा घटना नसेलाउँदै एमाले र माओवादी कार्यकर्ताबीच झडप,प्रहरीद्वारा हवाइ फायर, प्रहरी पनि घाइते, स्थिति तनावग्रस्त

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौ ।
    दोलखा घटना नसेलाउँदै रुकुमको मुसिकोटमा माओवादी र नेकपा एमाले कार्यकर्ताबिच भर्खरै झडप भएको छ । मुसिकोट–१० साखमा आयोजित सभा सकेर फर्कदै गरेका एमाले कार्यकर्ता र माओवादी कार्यकर्ताबीच बाटोमा भनाभन भएपछि झडप भएको समाचार प्राप्त भएको छ ।
    सोहि झडपमा परी एमालेका एकजना कार्यकर्तासहित प्रहरी सहायक निरिक्षक सोम बस्याल र अर्का एक जना म्यादी प्रहरी जवान घाईते भएका छन । दुई जनाको नाम खुलेको छैन् । उक्त झडपको स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । घट्नास्थलमा थप तनाव बढ्न नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । आज बिहान मात्र दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत वडा नं. २ जुगुँमा माओवादी आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या पछि सो गाउँ शोकमग्न बनेको छ । उक्त घट्ना पछि एमालेले बिज्ञप्ति नै निकालेर दोषीलाई तुरुन्त कारवाहीको माग गरेको छ
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture