• Breaking News

    Sunday, May 7, 2017

    खुल्दैछन् मुस्लिम महिला

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    इटहरी / इटहरीमा बस्दै आएकी अप्सना खातुन (नाम परिवर्तन)को आफ्नै धर्मका एक युवकसँग प्रेम बस्यो । चारवर्षबाट प्रेमसम्बन्धमा रहेका अप्सना र उनका प्रेमीको उठबस राम्रो भयो । सामाजिक सञ्जालबाट नजिकिएका उनीहरु शारीरिक सम्पर्कसम्मको बाटोमा पुगे । प्लटु पढ्ने खातुन र विराटनगरमा स्नातक पढ्ने उनका प्रेमीबीचको सम्बन्धले अचानक गर्भ बस्यो ।


    अब समस्या प¥यो खातुनलाई । परिवारलाई भनौँ मुस्लिम धर्मविपरीतको गलत कार्यमा गएको भन्दै यातना र बहिष्कार हुने डर । विवाह गरेरै गर्भका बच्चालाई सर्वस्वीकार्य बनाऔँ त उनका र उनको प्रेमीको दुवै परिवारले स्नातक सकेर जागिर गरेर मात्रै विवाहको कुरा गरेका थिए । विभिन्न शारीरिक र मानसिक तनाव झेलेकी खातुनका प्रेमीले आफ्नो साथीबाट थाहा पाए –विराटनगर र इटहरीजस्ता पूर्वका सहरहरुमा सुरक्षित गर्भपतन सेवा पाइन्छ । त्यही साथीले दिएको जानकारीका आधारमा खातुनलाई उनका प्रमीले पु¥याए इटहरीको एक सरकारी इजाजतप्राप्त गर्भपतन सेवा केन्द्रमा ।
    गर्भ रहेको दशहप्तामा भएको सर्जिकल एबोर्सन (गर्भपतन)ले केही रक्तश्रावबाहेक अन्य थप शारीरिक समस्या नआएको खातुनका प्रेमी विराटनगरका अर्सद अली (नाम परिवर्तन)ले बताए । ‘हामीलाई गर्भ फाल्न पनि डर थियो र राख्न पनी झनै डर थियो’ सामाजिक संघ–संस्थामा सक्रिय अलीले आफ्नो प्रेमिकाको चैत्र अन्तिमहप्ता भएको गर्भपतनको बारेमा इटहरीमा सोमबार बोल्दै भने, ‘तर बच्चाको जन्म दिएर सारा परिवारको यातना र सामाजिक बहिस्कारभन्दा बच्चा फालेर आफ्नो इज्जत राख्ने निधो गरियो ।’ गर्भपतनले दुईहप्ता केही रक्तश्राव भए पनि हाल खातुनको शारीरिक अवस्था सामान्य अवस्थामा आएको बताउँछन् अली । उनी भन्छन्, ‘यो एक असुरक्षित गर्भले हामीलाई जीवनमा धेरै कुरा पढाएको छ । एउटा सुरक्षित शारीरिक सम्बन्धको बारेमा र अर्को सुरक्षित गर्भपतन सेवा प्रदानको बारेमा ।’
    ‘गर्भपतन गर्ने विवाहित मुस्लिम महिलाहरु बढे’
    विवाहपूर्वको शारीरिक सम्बन्धले गर्भ बोकेकी खातुन मात्रै हैन, विवाह गरेपछि हुने अनिच्छित गर्भ रोक्नलाई पनि पछिल्लो समयमा मुस्लिम समुदायका दम्पतीहरुले पनि गर्भपतन गर्न थालेका छन् । इटहरीको परिवार स्वास्थ्य केन्द्रकी वरिष्ठ परामर्शदाता दुर्गा शर्मा पहिले–पहिले सामान्य परिवार नियोजनका साधनहरु पनि प्रयोग गर्न नमान्ने मुस्लिम समुदायले आजकाल बिना इच्छाका गर्भहरु त्याग्न थालेको बताउँछिन् । शिक्षित र राम्रो पारिवारिक पृष्ठभूमिका मुस्लिम परिवारका पुरुषहरु नै आफ्ना श्रीमती लिएर गर्भपतन गराउन आउनेगरेको शर्माले बताइन् ।

    २०६० सालसम्म अवैधानिक रहेको गर्भपतन सेवा ०६० सालको अन्ततिरबाट मुलुकी ऐनमा संशोधन गरी कानुनी मान्यता दिइएपछि अनिच्छित तथा असुरक्षित गर्भ रहँदा विना कसैको सिफारिस र रोकटोक गर्भपतन गर्ने व्यवस्था आएको थियो । गर्भपतनलाई कानुनी मान्यता दिएपछि क्रमशः मुस्लिम समुदायका महिलाहरु पनि यस्तो सेवा लिन आउन थालेको शर्माको भनाइ छ । इटहरीको परिवार स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार सन् २०१७ को जनवरी, फेब्रुअरी र मार्च महिनामा क्रमशः १२०, १११ र १०६ जनाले गर्भपतन गराएका छन् । यस्तै सन् २०१६ भरि सो केन्द्रबाट १०३१ जनाले अनिच्छित गर्भपतन गराएका छन् ।

    वरिष्ठ परामर्शदाता दुर्गा शर्माले यो तथ्याङ्कको केही हिस्सा मुस्लिम महिलाहरुको पनि रहेको बताउँछिन् । ‘हामीले गर्भपतनको सेवा र परामर्श दिँदा सामान्यतया कुन धर्मको, कस्तो परिवारिक पृष्ठभूमिको, विवाहित कि अविवाहित भनेर सोध्दैनौँ’ शर्मा भन्छिन्, ‘१६ वर्षमाथिका महिलाले १२ हप्तासम्मको गर्भपतन गर्छु भन्दा हामीले कानुनतः त्यो सेवा दिनुपर्छ तर सेवाग्राहीको नाम र थर सुन्दा मात्रै हामीले को मुस्लिम हो भन्ने जानकारी पाउँछौँ ।’
    इटहरीमा नेपाल परिवार नियोजन संघ अन्तर्गत रहेको परिवार स्वास्थ्य केन्द्र नै पहिलो सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था हो । यसका अतिरिक्त मेरिस्टोप्स सेन्टर र हेल्थ पोस्टले पनि सुरक्षित गर्भपतन सेवा प्रदान गर्छन् । सुनसरीमा नेपाल सरकारका मात्रै पन्ध्रवटा गर्भपतन सेवा प्रदान गर्ने मान्यताप्राप्त संस्थाहरु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्द गौतम बताउँछन् । जिल्ला अस्पताल सुनसरीलगायत अन्य हेल्थ पोस्टसहित उपलब्ध पन्ध्रवटा गर्भपतन सेवा केन्द्रबाहेक धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेरिस्टोप्सका इटहरी र धरान शाखा र परिवार स्वास्थ्य केन्द्र नेपालका इटहरी र धरानका केन्द्र गरेर सुनसरीमा बीस स्थानमा गर्भपतन सेवा उपलब्ध छन् र यी सेवा केन्द्रहरुमा अन्य समुदायका अतिरिक्त मुस्लिम महिलाहरु पनि आउने गरेका बताइएको छ ।

    बलात्कारबाट बसेको गर्भ, जन्मान्तर कायम राख्न खोज्दाखोज्दै रहेको गर्भ, विवाहपूर्व भएको शारीरिक सम्पर्कबाट रहेको गर्भ रोक्न, महिला र जन्मने बच्चाको स्वास्थ्यमा ठूलो समस्या हुने अवस्थामा गर्भपतन गर्नेहरु आउने स्वास्थ्यसेवीहरु बताउँछन् । मेरिस्टोप्स सेन्टर काठमाडौँका सञ्चार शाखा प्रमुख राजेन्द्र थापा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोगमा समस्या वा तिनको प्रयोग नगर्दा रहेका अनिच्छित गर्भहरु रोक्न मुस्लिम समुदायबाट पनि आउन थालेको बताउँछन् ।

    खासगरी नेपाल–भारत सीमाक्षेत्रमा मेरिस्टोप्सका सेवा केन्द्रहरुमा सीमावर्ती भारतका मुस्लिम महिलाहरु पनि गर्भपतन गर्न आउने बताउँछन् थापा । ‘हामीले त्यस्तो तथ्याङ्कै त निकालेका छैनौँ तर सीमावर्ती क्षेत्रका भारतीय मुस्लिम महिलाहरु नेपालका मेरिस्टोप्स सेन्टरमा आएर अनिच्छित गर्भ रहेमा गर्भपतन गर्ने गरेका छन्’ थापाले भने – ‘केही नगण्य मात्रामा त्यसको सिको गर्दै नेपाली मुस्लिमहरुले पनि गर्भपतन गर्ने गरेका छन् ।’
    ‘सुरक्षित गर्भपतनले महिलालाई बलियो बनाएको छ’
    परिवार नियोजन गर्न नहुने र जतिधेरै सन्तान भयो तिनीहरु सबै भगवानका उपहार मान्ने मुस्लिम समुदायका महिलाका साथै अन्य समुदायका महिलाहरुलाई पनि सुरक्षित गर्भपतन सेवाले बलियो बनाएको समाजशास्त्री सम्झना वाग्ले भट्टराई बताउँछिन् । ‘कुनै एउटा बलात्कारीको गर्भ बोकेर समाज र परिवारको छिःछिःदूर–दूर बोकेर जीवन कटाउने बाध्यता अब हटेको छ’ सुरक्षित गर्भपतन कानुनी भएपछिका सकरात्मक पक्ष केलाउँदै लैंगिक अध्ययनमा एमफिल गरेकी भट्टाराई भन्छिन्, –‘यसले महिलाले आफ्नो शरीर आफ्नो तरिकाले जिउने मात्रै हैन, महिलाको प्रजनन् अधिकारमा महिलाकै अन्तिम निर्णयको अधिकार पनि दिएको छ ।’
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture