• Breaking News

    Friday, April 21, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    चौथो औद्योगिक क्रान्तिका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै कोरिया सरकारले भिसा प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ।  परिवर्तित भिसा प्रणाली अनुसार दक्ष विदेशीको कोरिया बसाई लम्बाउन उनीहरूका श्रीमान् ,श्रीमती वा अन्य  परिवारका सदस्यलाई पनि कोरिया झिकाउन सक्नेछन्। यसरी झिकाइएका परिवारका सदस्यलेसमेत रोजगारी गर्न पाउनेछन्। तर त्यसको लागि निश्चित क्राइटेरिया भने तोकिएको छ।
    गत बुधबार अर्थमन्त्री यू इल होले दक्ष विदेशीले आफ्नो दक्षता प्रदर्शन गर्न र उनीहरूको बसाई सहज बनाउन भिसा प्रणालीनै परिवर्तन गर्न लागिएको बताएका हुन्। निकट भविष्यमा कोरियामा दक्ष जनशक्तिको अभाव हुने चासो बढिरहेको बेला सरकारले भिसा प्रणाली परिवर्तनको घोषणा गरेको हो।
    कम जन्मदर र वृद्धहरूको  संख्यामा वृद्धिको सामना गरिहेको  कोरियाले  दक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न तथा लामो समयसम्मको  कोरिया बसाइलाई सहज बनाउन भिसा प्रणाली परिवर्तन गर्न लागिएको बताइएको छ। साना तथा मझौला कम्पनीमा पनि  दक्ष जनशक्तिको  अभाब रहदै आएको छ।
    पछिल्लो समयमा कोरिया बस्ने विदेशीको संख्या वृद्धि भइरहेको छ। सन् २०११मा चौध लाख विदेशी रहेकोमा यो संख्या बढेर हाल बीस लाख नाघिसकेको छ। तथ्याङ्क अनुसार अधिकांश दक्ष विदेशीहरुको कोरिया वसाई भने कम रहेको छ। तिनीहरूको बसाई तीन देखि १० वर्षसम्म रहेको छ।
    यसैबीच कोरिया सरकारले विज्ञान र इन्जिनिरिङ संकायका विदेशी विद्यार्थीलाई अध्ययनका लागि नियम खुकुलो पार्ने भएको छ। उक्त संकायमा अध्ययन गरेका मध्य एशिया, दक्षिणपूर्वी एशिया र अफ्रिकी विद्यार्थीलाई कोरियाका विश्वविद्यायलमा अध्ययन गर्न छात्रवृत्ति सम्म दिने तयारी सरकारको छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture