• Breaking News

    Sunday, April 9, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    प्रसिद्ध जर्मन दार्शनिक इम्यानुअल कान्टले (१७२४-१८०४) आफ्नो पुस्तक ‘पर्पेचुअल पिस’ मा बिश्व शान्ति सद्भावका लागि प्रत्येक देशको सरकार जिम्बेवार हुनपर्ने कुरा उल्लेख गरेका छन्। कुनै पनि देशको संबिधान वा सरकारलाई अन्य देशको सरकारले दखल दिन नहुने कुरा उल्लेख गरेका छन्। उनको उक्त बिचारको प्रभाब आधुनिक युरोप, अमेरिका लगायत बिश्व प्रजातान्त्रिक अभ्यायासमा पर्दै गयो। यसको पछिल्लो उदाहरणको रुपमा अमेरिकी पोलिसी ‘जोज क्यनिंग’ र विदेश नीति ‘लर्ड पाल्मस्टन’ हो। सन् १९४० को दशकमा कान्टको बिचारलाई संयुक्त राष्ट्र संघमा समेत सामेल गरिएको छ।

    उनको निधनपछि, विश्व पुँजीपति तथा साम्राज्यबादीहरुले उक्त सिद्दान्तलाई साघुरो बनाउँदै ब्यापारिक स्वार्थसंँग जोडेर ब्याख्या गर्न थाले। तर प्रथम विश्व युद्धभन्दा अगाडि बिश्व आफु अनुकुल विभाजित थियो। अंग्रेज साम्राज्यमा बिश्वको ठुलो भू भागमा आफ्नो साम्राज्य कायम गरिसकेको थियो। त्यसकारण उसले आफ्नो साम्राज्य भित्र खुल्ला ब्यापारिक स्वतन्त्रता कायम गरेको थियो। फ्रेन्च, जर्मन, रसियन, अटमनहरुको समेत अंग्रेजहरुजस्तै आ आफ्नो साम्राज्य भित्र खुल्ला ब्यापारिक स्वतन्त्रता कायम राखेका थिए। त्यसकारण बिश्व आ आफ्नै खुल्ला ब्यापारिक स्वतन्त्रताको नाममा आफु अनुकुल ब्याख्या गर्न थाले।

    पछि १९ औ सताब्दिमा जर्मन दार्शनिक कार्ल माक्सको उदय पछि, उनले बिश्वलाइ श्रेणी बिहिन समाज (साम्यबाद) को सिद्दान्तको अबधारणा स्थापित गरे। त्यसपछि, बिश्व दोस्रो बिश्व युद्धसंगै राजनैतिक सिद्दान्तको आधारमा विभाजित हुदै अहिलेको अवस्थामा आइपुगेको छ। दोस्रो बिश्व युद्ध संगै हामी सम्पूर्ण मानबजातिको आपसी सद्भाव, एकता र हिंसा रहित समाजको कल्पना गर्दै सयुक्त राष्ट्र संघको स्थापना भयो। सन् १९४८ मा बिश्व समुदायले बिश्वब्यापी मानब अधिकारको अबधारणा ल्यायो। यसमा सम्पूर्ण मानब जातिहरुको मानब अधिकारलाई सुनिश्चित गरेको छ। यस अनुसार नै सन् १९६६ मा सामाजिक, आर्थिक, राजनैतिक एबम साँस्कृतिक हकको ग्यारेन्टी हुने भनि स्पस्ट संग सयुक्त राष्ट्र संघको चाटरमा उल्लेखित छ।

    दोस्रो बिश्व युद्धमा ठुलो मात्रामा आम नरसंहार भएको थियो। जर्मन शासक हिटलर, इटालियन शसक मुसोलिनी, जापानी शासक, त्यस समय युद्ध अपराधमा दोषी ठहरिए। जब संयुक्त सुरक्षा फौजबाट जर्मन शासक हिटलर पराजित भए, त्यसपछि बिश्व समुदायले अन्तरास्ट्रिय अदालत न्युरेबर्ग ट्रायल स्थापना गरि युद्द अपराध गरेको दोषी ठहरिएका हिटलरको ’नाजी’ पार्टीका सदस्यहरुलाई उनीहरुले गरेको अपराध अनुसार सजाय सुनाइयो। हिटलरले सम्पूर्ण यहुदी लगायत आफ्ना बिरोधिहरुको क्रुरता पुर्बक दमन गरेका थिए। तर उनले भने सजाय पाउनु अगाबै आत्मा हत्या गरेका थिए।

    त्यसपछि, सोभियत संघको बिगठन पछाडी सन् १९८९ मा युगोस्लाभियाको समेत बिगठन भयो। सर्बियन नेता स्लोबोदान मिलासेबिचले कोसोभोमा अल्प संख्याक अल्बानियाँहरु माथि दमन, हत्या, बलात्कार तथा क्रुरता पुर्बक आम नरसंहार गरेको आरोप मा दोषी ठहरिए। यसप्रकारको मानवता बिरोधि अपराध रोक्नको लागि अहिले अन्तराष्ट्रिय समुदायले ’अन्तराष्ट्रिय क्रिमिनल कोर्ट’ को अबधारणा ल्याएको छ। यस अनुरुप, चार्लस टेलरलाइ लाइबेरियामा अल्प-संख्यक टुची समुदायको मानबता बिरोधि अपराध गरेको अभियोगमा कारबाही गरेको छ।
    यसको पछिल्लो घटनाको रुपमा सीरियाको पश्चिम बिद्रोहीको कब्जामा रहेको इदलिब प्रान्तको खान शयखुन भन्ने ठाउमा गत मंगलवार रासायनिक हमलामा परि बालबालिका सहित कम्तिमा सय जना सर्ब साधारणको क्रुरता पुर्बक हत्या गरिएको घटनालाई लिन सकिन्छ। अमेरिका, बेलायत र फ्रांसले उक्त हमला राष्ट्रपति बसर(अल(असदलाइ जिम्मेदार ठहराएका छन्। मर्नेहरुमा एक दर्जन भन्दा बढी बच्चा रहेका छन्। उक्त घटनाको बिश्व समुदायबाट निन्दा एबं भर्सन भै रहेको छ । सीरियन अब्जरवेटरी फर ह्यूमन राइट्स (एसओएचआर) ले बताए अनुसार ४ सय भन्दा बढीको अवस्था अत्यन्त गम्भीर छ।

    भनिन्छ क्रुर तानासाह आफ्नो क्रुरताको कुनै सिमा नै राख्दैनन्। यसको पछिलो घटनाको रुपमा सिरिया नर संहारलाइ लिन सकिन्छ। सम्पूर्ण सहर भर्खर निन्द्राबाट ब्युझिदै थियो। एक रकेट अकस्मात शहरको आकासमा आइपुग्छ। र, त्यो बिस्तारै बिस्तारै जमिनमा बज्रिन पुग्छ। त्यसपछि रकेटबाट धुवाकोे मुस्लो निस्किन थाल्छ र त्यो हावा संगै स्वास-प्रस्वासमा मिसिन पुग्छ। ति सम्पूर्ण अबोध बालबालिका लगायत सर्ब सधारणलाइ के थाहा त्यो पबित्र बिहानीको हावामा बिष मिसिएको छ? जब सास फेर्न गाह्रो भै भकाभक अरु मानिसहरु भुइमा ढल्न थाल्छन, त्यस पछि थाहा हुन गयो मानवताको क्रुरता नाघेको सासकले यसप्रकारको संबेदनहिन अपराध गरेको भन्ने बारेमा। मानवताको अन्त्य हुदै गरेको उक्त घटनाको बारेमा सुन्ने जो कोहीको पनि सरिर सिरिङ्ग काप्ने प्रकारको थियो। मानिसले बनाएको सबभन्दा खतरनाक हतियारको प्रारूप फेरि एकपटक मानब समुदायमा आमसंहारकारी बनेर आयो, त्यो केवल एक जना तानासाहको सत्ता मोहको लागि।

    आकासबाट बर्सिएको उक्त हतियार अरु कसैले नभै आफ्नै राष्ट्रपति बसर अल असदले बर्साएका थिए। तर यसको नराम्रो शिकार अबोध बाल बालिकाहरु पर्न गए। भनिन्छ दुनियामा सिरियासंग सबभन्दा बढी रासायनिक हतियार रहेको छ। उक्त हतियारको प्रयोग जुन सुकै बेला सामान्य अबस्थामा समेत प्रयोग गर्न बसर अल असद पछि पर्दैनन्। सन् २०१३ मा पनि उनले उक्त हतियार प्रयोगगरि सयौको हत्या गरेका थिए। त्यसपछि ओबामा प्रसासनले आक्रमणको तयारी गरेको थियो तर अमेरिकी कांग्रेसले अनुमति नदिनु, रसियासंगको तनाब र बेलायती संसदले युद्धकोलागि अनुमति नदिनुले उक्त आक्रमण रोकिएको थियो। तर यस पटक भने ट्रंप प्रसासनले ६० टोमहाक मिसायल आक्रमण गरि सकेको छ बसर अल असदको बिरुद्धमा। र यसलाई बेलायत लगायतका देशले खुलेर समर्थन गरिसकेका छन्।

    को कुन बसर अल असद?

    सन् २००० मा सिरियाको राष्ट्रपतिको रुपमा उदाएका बशर अल असद शिया समुदायका व्यक्ति हुन्। सीरियामा शिया समुदायको जनसंख्या केवल १३ प्रतिसत् मात्र छ। देशको बहुसंख्यक सुन्नी समुदाय करिब ७० प्रतिसत छन्। शिया समुदायको अतिरिक्त अन्य अल्पसंख्यक गुट तथा ईसाई र कुर्द समुदाय शामिल छन्। तर अल्प संख्यक भएपनि उनले बहुसंख्यक सुन्नी समुदाय माथि साशन गरि रहेकाले त्यहा दिनहु जसो झडप हुने गर्छ। त्यसकारण, बशर अलकायदा लगायत आईएसआईएसबिरुद्ध अहिले युद्धरत छन्। आफ्ना पिता हाफिज अल असदको उत्तराधिकारीको रुपमा एक निरंकुश तानाशाहि साशन चलाएर बसेका छन्। राजनैतिक रुपमा यी चतुर खेलाडीले आफ्नो सत्ता टिकाउन रसिया, चीन र इरानको गतिलो समर्थन हासिल गरेका छन्। त्यसकारण अरबमा तानासाहहरुको पतन हुदा समेत उनि भने अहिले सम्म सुरक्षित रुपमा सासन गरि रहेका छन्। होइन भने उनि इराकका तानाशाह सद्दाम हुसैन, ईजिप्टका तानाशाह होस्नी मुबारक र लिबियाका कर्नल गद्दाफी झैँ उनि सत्ताच्युत भैसक्ने थिए।

    सन् १९७० मा सीरियामा जब बाथपार्टीका उन्।का पिता हाफिज अल असदले आफ्नो हातमा सासन लिए। त्यसबखत, इस्लामिक कट्टरपंथिहरुले उनको कडा बिरोध गरेका थिए। तर हाफिज अल असदले इस्लामिक कट्टरपंथिहरुको नृशंतापूर्वक दमन गरे। सन् १९७१ मा सीरिया सरकारले रसियालाई निकट बनाउन आफ्नो बंदरगाह शहर तारतुस रशियन नौसैनिक अड्डा बनाउन राजी भयो। सन् २०१० सम्ममा रसियाले करिब १.५ अर्ब डलर बराबरको हतियार प्रदान गरि सकेको छ। उक्त घटना पश्चात अमेरिका र रसियाको शत्रुता बढेर गयो भने सोवियत संघको बिगठन पश्चात पनि सीरिया र रशियाको दोस्ती कायम छ र अन्त्यहीन गृह युद्दमा सिरिया नराम्ररी फसेको छ।
    सिरियाको भबिष्य

    अहिले बिश्व इतिहास कै कठिन समयमा उभिएको छ। रासायनिक हमलापछि ट्रंप प्रसासनले सिरियामाथि मिसायल आक्रमण गरेको छ। यस पश्चात रसिया र इरानले अमेरिकालाई आफ्नो सिमाना क्रस नगर्न चेतावनी दिएका छन्। उक्त घटना पश्चात अमेरिका र रसिया बीच भएको सैनिक सम्झौता समेत भंग भएको छ। सिरिया र अमेरिका भन्दा पनि रसिया र अमेरिका बीच बढी मुडभेढ हुने देखिन्छ। अमेरिका र रसिया दुवै आणविक हतियार सम्पन र बिश्व राजनीतिलाइ प्रभाब पार्न सक्ने राष्ट्र भएकाले यी दुइ देशहरु बिचको निर्णय निर्णायक हुने देखिन्छ।

    अहिले अमेरिका र रशिया संग करिब १५ हजार आणविक हतियार रहेका छन् र तिनीहरु सबै राष्ट्रपतिको कलमको मसिले कागजमा कोरी सक्दा भीमकाय हतियार बनेर निसानामा बज्रिन पुग्छन। त्यसकारण अहिले ट्रम्प र पुटिनको कलमको निभको टुप्पो एकदम निर्णायक र ध्वंसात्मक बनेर रहेको छ। यो दुनिया यी दुइ नेताहरुको राजनीतिको चपेटामा नपर्ने हो भने सुरक्षित रहनेछ अन्यथा सिरिया जस्तो मानबिय संकट पैदा भै बिश्व अन्त्यहीन चपेटामा नपर्ला भन्न सकिन्न। सेतो पाटी बाट
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture