• Breaking News

    Saturday, April 22, 2017

    BREAKING NEWS

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडाैं। दुई चरणमा निर्वाचन गर्न सरकार र मधेस केन्द्रित दलबीच सहमति भएको छ। तोकिएको मिति वैशाख ३१ र जेठमा चुनाव गर्ने सहमति भएको हो।

    जेठ ३१ गतेको मिति दोस्रो चुनावका लागि प्रस्तावित छ। तर जेठको मितिबारे निर्वाचन आयोगसँग छलफल गरेर टुंगो लगाउने दुबै पक्षबीच सहमति भएको बालुवाटार स्रोतले जानकारी दियो।

    पहिलो चरणमा बैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने र बाँकी प्रदेशमा दोस्रो चरणमा चुनाव गर्नेबारे बैठकमा छलफल भएको थियो। यसबारे आधिकारिक निर्णय सार्वजनिक गरिएको छैन। दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन गर्नेबारे छलफल भएको र करिव त्यसमा अाधिकारिक सहमति हुने बुझिएको छ।

    नयाँ सहमति पछि मोर्चाका तर्फबाट घोषणा गरिएको आन्दोलन स्थगित हुनेछन्।

    बैठक पछि प्रतिकृया दिदै मोर्चा नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन र दुई चरणमा चुनाव गर्ने सहमति भएको जानकारी दिए।

    संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले बैठक पछि मोर्चा र संघीय गठबन्धनका तर्फबाट दिएको प्रतिकृया जस्ताको तस्तैः

    संघीय गठबन्धन, मोर्चा, सरकारबीचमा निर्णायक वार्ता भयो। लामो समय देखिको राजनीतिक डेडलक खुलेको छ।

    संघीयता, सीमांकनका मुद्दाहरूमा टुंगो लागेको छ। संघीय आयोग गठन गर्ने, त्यसले प्रदेशहरूको संख्या, सीमाना, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र लगायतका विशेष संरचनाहरूको पनि निश्चित समयमा अध्ययन गरि त्यसको बारेमा प्रतिवेदन दिनेछ। त्यसको आधारमा नेपाल सरकारले त्यसलाई कार्यान्वयन गर्नेछ।

    भाषाका सन्दर्भमा आयोगले गरेको जुन प्रस्ताव छ त्यसलाई उपधारा ३ मा भाषा आयोगले सरकारी कामकाजको भाषा भिन सिफारिस गरेका भाषाहरूलाई नेपाल सरकारले संविधानको अनुसूचिमा समावेस गर्ने सहमति भयो।

    सीमाना परिवर्तन हुने प्रदेशमा ३० दिन भित्र परामर्शका लागि पठाउने र त्यो आएपश्चात संघीय संसदले त्यसको निर्णय लिने सहमति भएको छ। जबसम्म प्रदेश सभा गठन हुँदैन तबसम्म यो रूपान्तरिरत व्यवस्थापिका संसदले संविधानको धारा २९६ को १ अनुसार सबै काम हुने सहमति भएको छ। नागरिकताको हकमा अहिलेको संविधान संशोधन प्रस्तावमा भएकै कुरा सदर गर्ने सहमति भएको छ। स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा बढाउने त्यसका लागि नेपाल सरकारले गठन गरेको कार्यदलले काम गर्नेछ।

    आज भएका सबै सहमतिलाई भोली आइतबार बस्ने मन्त्रिपरिषदले पारित गर्ने सहमति भएको छ। निर्वाचन आयोगले गर्न पर्ने कामहरू परामर्श गरेर नयाँ सहमतिको स्प्रिटलाई सम्बोधन गर्ने गरि अगाडि बढाउने।

    सुन्नुस् यो अडियोः
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture