भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
नेपालको जीतमा टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी हिरो बने । उनले एक्लै नेपाली टिमका लागि ८८ रनको योगदान गरे । यतिमात्र होइन उनले मात्रै ३.९ को इकोनोमिका किफयती बलिङ गर्दै एक्लैले सबैभन्दा बढी चार विकेट लिए । दिपेन्द्र उनै खेलाडी हुन् जसको बारेमा नेपाली सिनियर क्रिकेट टोलीका कप्तान पारस खड्काले भनेका थिए – ‘दिपेन्द्र मलाई निकै पाको र भरपर्दो लाग्छ । ऊ क्रिजमा खेलेको हेरिरहँदा लाग्छ म आफैं खेलिरहेको छु ।’ सिनियर कप्तान खड्काले नेपाली युवा टोलीको जीतसँगै ट्वीटरमार्फत बधाइ दिँदै आफू निःशब्द भएको बताएका छन् ।
आजको पहिले ब्याडिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । यो स्कोर खडा गर्न दिपेन्द्रको सबैभन्दा महत्वपूर्ण योगदान ह्यिो । नेपाली टोलीका बाँकी ९ जना ब्याट्सम्यानले जम्माजम्मी ८८ रन बनाउँदा दिपेन्द्र एक्लैले ८८ रन बनाए । नेपाली टोलीको खातामा बाँकी ९ रन एक्स्ट्रा थियो । नेपालको यो योगफलमा कप्तान ऐरीपछि जितेन्द्र सिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन जोडेका थिए । अन्य ब्याट्म्यानले भने दोहोरो अंक बनाउन सकेनन् ।
१८६ रन पच्छ्याएको भारत १६६ रनमै अलआउट भएको हो । ४८ ओभर १ बलमा अलआउट भएको भारतको ओपनिङ राम्रो थियो । तर, १२ ओभर २ बलमा भारतको स्कोर ६५ रन हुँदा कमल सिंहले भारतीय ओपनर हिमांशु राणालाई आउट गरेर नेपाली टोलीका लागि विकेटको खाता खोलेका थिए । त्यसपछि लगातार विकेट पतन हुँदै जाँदा भारत १६६ रनमै समेटियो । नेपालका लागि कप्तान दिपेन्द्रले ४, पवन शर्राफ र शहाब आलमले २–२ तथा सन्दिप लामिछाने र कमल सिंहले १–१ विकेट लिए ।
Loading...
No comments:
Post a Comment