• Breaking News

    Sunday, November 12, 2017

    माइती घरमा बन्चरो प्रहार गरी बाबुकै हातबाट मारिएका छोरी र नातिनीहरु (तस्बिरमा हेर्नुहोस्)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    रोल्पा नगरपालिका ७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको शुक्रबार बेलुका हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीका अनुसार २५ वर्षीय छोरी पार्वती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको हत्या भएको हो।

    छोरी पार्वती बिरामी बाबुलाई भेट्न तीन दिनअघि मात्रै माइत आएकी थिइन्। माइत आएकी छोरी र नातिनीहरूको हत्या भएपछि गाउँ पूरै शोकमा डुबेको छ।

    पत्नी तिर्था र छोरा प्रजित भने भागेर बाँच्न सफल भएका छन्। लिलबहादुरले पत्नी र छोराको समेत हत्या गर्न तम्सिएका थिए। ‘बञ्चरो प्रहार गरेर छोरीको हत्या गरे। आमाछोरा मुस्किलले भागेर बाँच्न सफल भयौं’, कहालिदै हत्या आरोपी लिलबहादुरका पत्नी तिर्था भन्छिन्। आफ्नै सामुन्ने छोरी र नातिनीको हत्या भएको देखेकी आमा र छोरा विक्षिप्त बनेका छन्।

    परिवार र छिमेकीका अनुसार लिलबहादुरको मानसिक अवस्था बेलाबेलामा असन्तुलित हुने गरेको थियो। गत वर्ष बसबाट खसेर जेठो छोरा गोविन पुनको मृत्यु भएपछि उनको मानसिक अवस्था बिग्रिएको पारिवारको भनाई छ। चिन्तित अवस्थामा रहने उनी जाँड रक्सी खाइरहन्थे।

    मानसिक असन्तुलनसँगै उनी केही हप्तादेखि बिरामी थिए । रोल्पा नगरपालिका क्वाङामा विवाह भएकी छोरी बुबा बिरामी भएको खबर सुनेपछि दुई छोरी बोकेर भेट्न पुगेकी थिइन । ‘बिरामी बुबा भेट्न आएकी छोरीको काल बाबु नै भए।’ छिमेकी लिला पुन भन्छिन् । चाउचाउ पकाएर चुलो छेउमा खाँदै गरेको अवस्थामा बाबुले एक्कासी बञ्चरोले हिर्काएका थिए । दाँया कन्चट, कान र नाकमा बञ्चरोको घाउ छ ।

    जेठी छोरी पिठ्यूमा बोकेर र कान्छी छोरीलाई काखमा राखेर चाउचाउ खाइरहेको वेला एक्कासी बञ्चरो प्रहार गरेको आमा बताउछिन्। नातिनीहरुको पनि टाउकोमा बञ्चरोको घाऊ छ।

    पत्नीले आफूलाई पनि बञ्चरोले हिर्काउन खोजेपछि भागेकी बताउँछिन् । छोरीको हत्या हुनु केही समयअघि पत्नीलाई कुट्न खोज्दा छोराछोरीले जोगाएका थिए । छोरी र नातिनीहरुको हत्या गरेर लिलबहादुर बञ्चरो हातमा उचालेर छिमेकीको घरमा पुगेका थिए । ‘छोरी र नातिनीको हत्या गरेको छु । रमाईलो हेर्न आउनु’ भन्न पुगेको छिमेकी बताउँछन् ।

    घटनाको जानकारी पाएपछि उनका भाइले चारजना युवालाई साथमा लगेर समाती हातखुट्टा बाँधेर प्रहरीलाई खबर गरेका थिए । गाउँले र प्रहरी समक्ष आफ्नै पत्नीको हत्या गर्न खोजेको र छोराछोरीले बचाएकाले छोरीसहित नातिनीहरुको हत्या गरेको बताएका छन् ।

    गाउँलेले बाँधेर राखेका बेला उनले बोक्सी भएर आफूलाई खान थालेकाले हत्या गरेको पनि जिकिर गरेका छन् । घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट सई तिलकप्रसाद कलौनीको नेतृत्वमा प्रहरी घटना थल राती नै पुगेको थियो । घटना मुचुल्का उठाएर शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याइएको छ । हत्या आरोपीलाई प्रहरी नियन्त्रणमा राखिएको छ । हत्या गरिएकी छोरीका पति वैदेशिक रोजगारीका लागि मलेसियामा छन् ।

    Source:OSnepal
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture