• Breaking News

    Monday, November 13, 2017

    एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै वर्षमान पुनमाथि गाेली प्रहार, दाेहाेराे फायरीङ, उम्मेदवारहरुकै भागाभाग

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    नेकपा (माओवादी केन्द्र) का नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ माथि अाज पुन गाेली प्रहार भएकाे छ । एम्बुस विष्फोट गराइएको २४ घण्टा नपुग्दै अनन्त माथि गोली प्रहार भएको हाे ।दुईखोली गाउँपालिका–६ वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ बजेर २५ मिनेट जाँदा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

    दुईखोला गाउँपालिका–३ केउरी खोलाको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका पुन चढेको वा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

    राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत पल्टाएर बाटो अवरोध गर्न खोजिएको थियो। पेस्तोलको आवाज आएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो। ५÷६ सय मिटर टाढाको दूरीबाट पेस्तोलको आवाज आएको प्रहरीको दाबी छ।

    चुनावी सभामा सहभागी हुनका लागि प्रतिनिधिसभाका उम्मेदवार अनन्त, प्रदेशसभा उम्मेदवार एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्ती, ईश्वरी घर्ती, कुमार दशौदी, एमालेका पोलिटब्यूरो सदस्य एवं सचेतक गोकुल घर्ती, एमाले जिल्ला अध्यक्ष हरीप्रसाद घर्ती साथमै थिए।

    सुकिदह गाउँपालिकाको चुनावी सभाबाट घर्तीगाउँ फर्कदै गर्दा शनिबार बिहान भिताबाङमा एम्बुस विष्फोट गराइएको थियो। उच्च सुरक्षा सर्तकताका कारण सबै उम्मेदवारसहितका नेता कार्यकर्ता सुरक्षित साथ वागमारा पुगेको प्रहरी निरीक्षक पन्थीले बताए।

    एम्बुस विष्फोट र पेस्तोल पड्काइएको बारे अझसम्म कसैले जिम्मेवारी भने लिएको छैन।  उम्मेदवारलाई लक्षित गरेर बिस्फोट हुन थालेपछि जिल्लामा सुरक्षा चूनौती थपिएको छ। विष्फोट गराउनेको प्रहरीले व्यापक खोजी गरिरहेको जनाएको छ। कार्तिक २७ गते थबाङमा वाम गठबन्धनले चुनावी सभा हुँदै छ। थबाङ नेकपाले शून्य मतदान गराउने उद्घोष गरेको इलाका हो। नेकपाका नेता कार्यकर्ताले केही साताअघिदेखि नै ‘चुनाव खारेज गरौं’ भन्ने भित्ते लेखन थबाङमा सम्पन्न गरेका छन्। केही दिन अघि पनि गाउँमा मतदान गर्न नजान भन्दै माइकिङ गरेका थिए।

    दोस्रो संविधानसभा निर्वाचनको समयमा चुनाव प्रचारमा थबाङ पुगेका माओवादीकी नेतृ एवं निवर्तमान सभामुख ओनसरी घर्तीलाई उल्टो दमाहा बजाएर लखेटेका थिए।
    समाचार
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture