भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
उत्तरी दिल्लीकी निधि बंसल नामकी ती महिला आफ्ना श्रीमान अतुल बंसलसँग बस्थिन् । उनीहरुको २०१३ डिसेम्बर ४ का दिन भएको थियो । विवाहलगत्तै यी दुईबीच झगडा भएको बताइएको छ । अतुलले यो चार वर्षको अवधिमा कहिल्यै श्रीमती निधिसँग एउटै कोठामा सँगै नबसेको पारिवारिक स्रोतले जनाएको छ । यही कारण पनि उनीहरुसँग झगडा भइरहन्थ्यो ।
शुक्रबार साँझ साढे ७ बजेतिर निधि कोठामै पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनास्थलबाट निधिको सुसाइट नोट बरामद गरेको छ । नोटमा निधिले आफ्ना श्रीमान्सहित परिवारले आफूलाई सधैं सताउने गरेको उल्लेख गरेकी छिन् । उनले सुसाइड नोटमा आफूलाई जिउँदै हुँदा त कसैले छोएन भने मरेपछि पनि मेरो शव नछुनू भनेर लेखेकी छिन् । प्रहरीले शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।
Loading...
No comments:
Post a Comment