भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
भारतका लागि ओपनर तथा कप्तान हिमांशु रानाले सर्वाधिक ४६ रन जोडे। ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए। आदित्य ठाक्रेले १३ रन बनाए भने मनोज कर्ला ३५ र सलमान खान १ रनमा आउट भए। अनुज रावलले १८ रन जोडे भने तनुस कोइटेन शून्य रनमा आउट भए। अभिशेक शर्माले २७ रन बनाउँदा मन्दीप सिंह शून्यमा आउट भए।
नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। पवन सर्राफ र सहाब अलामले २–२ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिए।
त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा इण्डियाले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । एक सय एक वलको सामना गरेका ऐरीले २ छक्का र ६ चौकाको मद्दतमा ८८ रनको सानदार पारी खेलेका थिए । उनी ४९ औं ओभरमा क्याच आउट हुन पुगे । यस्तै ओपनर जितेन्द्र सिंहले ३६ र भीम सार्कीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । मोहमद आसिफ शेख, पवन सर्राफ, अनिल कुमार साह, रोहित कुमार पौडेल, कमल सिंह ऐरी दोहोरो स्कोर नगर्दै आउट हुन पुगे । भारतीय कप्तान अभिशेख शर्मा र आदित्य थाक्रेले समान २ विकेट लिए ।
पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाल यस खेलमा भने जित हात पार्न सफल भए पछि दोस्रो चरणमा प्रवेशको आशा जिवितै रहेको छ। नेपालले समूह चरणको आफ्नो अन्तिम खेल आउँदो मंगलबार मलेसियासँग खेल्नेछ । हेर्नुस् यो खेलका फोटोहरु (तस्बिर : कान्तिपुर )
Loading...
No comments:
Post a Comment