• Breaking News

    Sunday, November 12, 2017

    बलरहरु चम्केपछि भारत बिरुद्ध नेपाल एेतिहासिक जित नजिक, भारतको ८ विकेट गयो

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं । नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारतले अाक्रमक सुरुवात गरेपनि नेपाली बलरले राम्रो कमब्याक गरेपछि नेपाली टिम जित नजिक पुगेको छ। भातले अहिले ४२ अोभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको छ । भारत बिरुद्ध एेतिहासिक जितबाट मात्र २ विकेट टाढा छ ।



    यसअघि नेपालले भारतसामु १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान दिपेन्द्र सिंह एेरीको शानदार अर्धशतकको मद्धतले निर्धारित ५० अोभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । एेरीले १०१ बलमा ८८ रन बनाएर अाउट भए । दिपेन्द्रले जितेन्द्र सिहसँग तेस्रो विकेटको लागि ४९ तथा रोहित पौडेलसँग चौथो विकेटको लागि २८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । नेपालले अोपनर असिफ शेखलाई ३ रनमा गुमाएको थियोे ।



    असिफ र जितेन्द्रले पहिलो विकेटको लागि मात्र १२ रनको साझेदारी गर्न सके । नेपालको स्कोर २८ रन हुदाँ अनिल कुमार शाहको रुपमा नेपालले दोस्रो विकेट गुमायो । १२ बल खेलेका अनिलले मात्र ६ रन बनाउन सके । जितेन्द्र सिंह ३६ रनमा अभिषेक शर्माको बलमा कट एन्ड बोल्ड भए । त्यस्तै रोहित कुमार पौडेल ६ रनमा विकेट किपरको हातबाट क्याच अाउन हुन पुगे । अन्य खेलाडीहरुमा भिम सार्कीले १५ पवन शर्राफले १ कमले सिंह एेरिले ५ रन बनाए । किशोर महतो र शन्दिप लामिछानेले नट अाउट क्रमश: ७ र ९ रन बनाए ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture